ne_tw/bible/names/noah.md

34 lines
3.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# नोआ
## तथ्यहरूः
नोआ ४००० बर्ष पहिले परमेश्‍वरले यस संसारका सबै दुष्‍ट मानिसहरूलाई नष्‍ट गर्नको निम्ति जलप्रलय ल्याउनुहुँदा जिउने एक जना मानिस थिए । परमेश्‍वरले नोआलाई एउटा भीमकाय जहाज बनाउन भन्‍नुभयो जहाँ जलप्रलयको पानीले पृथ्वीलाई ढाक्दा उनी र उनका परिवारका सदस्यहरू बस्‍न सक्दथे ।
* नोआ परमेश्‍वरको सबै आज्ञा पालन गर्ने एक धर्मी मानिस थिए ।
* परमेश्‍वरले नोआलाई त्यो भीमकाय जहाज बनाउनू भन्‍नुहुँदा उहाँले भन्‍नुभए जसरी नै नोआले यसलाई बनाए ।
* त्यो जहाजभित्र, नोआ र उनका परिवारका सदस्यहरू सुरक्षित राखियो र पछि तिनीहरूका नाती र पनातीहरूले यो पृथ्वीलाई फेरि ढाके ।
* जलप्रलयपछि जन्मेका सबै नोआका सन्तानहरू हुन् ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरू अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [सन्तान](../other/descendant.md), [जहाज](../kt/ark.md))
## बाइबलका सन्‍दर्भहरूः
* [उत्पत्ति ५ः३०-३१](rc://*/tn/help/gen/05/30)
* [उत्पत्ति ५ः३२](rc://*/tn/help/gen/05/32)
* [उत्पत्ति ६ः८](rc://*/tn/help/gen/06/08)
* [उत्पत्ति ८ः१](rc://*/tn/help/gen/08/01)
* [हिब्रू ११ः७](rc://*/tn/help/heb/11/07)
* [मत्ती २४ः३७](rc://*/tn/help/mat/24/37)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[३ः२](rc://*/tn/help/obs/03/02)__ तर __नोआ__ले परमेश्‍वरबाट कृपादृष्‍टि प्राप्‍त गरे ।
* __[३ः४](rc://*/tn/help/obs/03/04)__ __नोआ__ले परमेश्‍वरको आज्ञा माने । उनी र उनका तीन छोराहरूले परमेश्‍वरले भन्‍नुभए जसरी नै त्यो जहाज बनाए ।
* __[३ः१३](rc://*/tn/help/obs/03/13)__ दुई महिनापछि परमेश्‍वरले __नोआ__लाई भन्‍नुभयो, “तँ, तेरा परिवारहरू र सबै जनावरहरूले अब जहाज छोडेर बाहिर निस्कन सक्छन् । धेरै छोराछोरीहरू र नातिनातिनाहरू पाओ र पृथ्वीलाई भर ।” यसैले __नोआ__ र उनको परिवार जहाजबाट बाहिर आए ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H5146, G35750