33 lines
3.2 KiB
Markdown
33 lines
3.2 KiB
Markdown
# नाइल नदी, मिश्री नदी
|
|
|
|
## परिभाषा:
|
|
|
|
नाइल नदी अफ्रीकाको उतरपूर्वी भागमा रहेको धेरै लामो र फराकिलो नदी हो । यो नदीलाई मिश्र (इजिप्ट)को मुख्य नदी भनेर पनि चिनिन्छ ।
|
|
|
|
* नाइल नदी मिश्रको उत्तरबाट बगेर भूमध्य सागरमा पुगेर मिसिन्छ ।
|
|
* यो भूभागमा अन्नबालीहरू धेरै राम्रोसँग उब्जन्छन् ।
|
|
* धेरै मिश्रीहरू नाइल नदीको किनारमा बस्दछन् किनकी पानी र खाद्य बालीको लागि यो मुख्य स्रोत हो ।
|
|
* इस्राएलीहरू गोशेन भूमिमा बस्थे, जुन धेरै उर्वर थियो किनभने यो नील नदीको छेउमा थियो।
|
|
* मोशा सानो बच्चा हुँदा उनलाई टोकरीमा हालेर नाइल नदीको किनारमा छोडिएको थियो ।
|
|
|
|
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
|
|
|
(हेर्नुहोस्ः मिश्र, गोशेन, मोशा)
|
|
|
|
## बाइबलका सन्दर्भहरूः
|
|
|
|
* आमोस ८ः८
|
|
* उत्पत्ति ४१ः१-३
|
|
* यर्मिया ४६ः८
|
|
|
|
## बाइबलीय कथाहरूबाट उदाहरणहरूः
|
|
|
|
* 8:4 मिश्र, नाइल नदीको किनारमा अवस्थित ठुलो र शक्तिशालीदेश थियो ।
|
|
* 9:4 इस्राएलीहरूले धेरै बच्चा जन्माएको देखेर फारोले आफ्ना मानिसहरूलाई इस्राएलीहरूका जन्मिएका छोराहरूलाई नाइल नदीमा फालेर मार्न आज्ञा गरे ।
|
|
* 9:6 जब त्यस बालकका आमा-बुबाले त्यसलाई लुकाउन नसक्ने अवस्थामा आइपुगे, तब त्यसलाई मारिनबाट बचाउनको निम्ति तिनीहरूले त्यसलाई एउटा टोकरीमा राखी नाइल नदीको किनारमा नर्कटको झाडीमा लुकाए ।
|
|
* 10:3 परमेश्वरले नाइल नदीलाई रगतमा परिणत गर्नुभयो, तर फारोले अझैपनि इस्राएलीहरूलाई जान दिएनन् ।
|
|
|
|
## शब्द तथ्याङ्क:
|
|
|
|
* स्ट्रोंग्स: H0216, H2975, H4714, H5104
|