ne_tw/bible/names/nehemiah.md

27 lines
2.4 KiB
Markdown

# नहेम्याह
## परिभाषा:
इस्राएल र यहूदाका मानिसहरूलाई बेबिलोनीहरूले बन्दी बनाएको समयमा, नहेम्याह बिबिलोनको साम्राज्यमा बस्‍ने एक इस्राएली थिए ।
* फारसका राजा अर्तासास्तको उनी मुख्य पियाउने हुँदा,नहेम्याहले यरूशलेम फर्कन पाऊँ भनी आग्रह गरे ।
* बेबिलोनीहरूले नष्‍ट गरेका यरूशलेमका पर्खालहरूको पुनर्निर्माणको लागि उनले इस्राएलीहरूलाई अगुवाई गरे ।
* राजाको दरबारमा फर्कनु भन्दा अगि, बाह्र वर्षसम्म तिनी यरूशलेमका राज्यपाल थिए ।
* पुरानो नियमको पुस्तक नहेम्याहले पर्खाल निर्माणको उनको कार्य र यरूशलेममा उनले मनिसहरूलाई संचालन गरेका कुराहरूबारे बताउँछ
* पुरानो नियममा नहेम्याह नाम गरेका अरू व्‍यक्‍तिहरू पनि थिए । यी भिन्‍न मानिसहरूको नाममा तिनीहरूका पिताका नाम पनि जोडिएका थिए, जस्तै “नहेम्याह, हकालियाका छोरा ।”
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अर्तासास्त, बेबिलोन, यरूशलेम, छोरा)
## बाइबलका सन्‍दर्भहरूः
* एज्रा २ः१-२
* नहेम्‍याह १ः२
* नहेम्‍याह १०ः३
* नहेम्‍याह १२ः४६
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5166