ne_tw/bible/names/mordecai.md

24 lines
1.8 KiB
Markdown

# मोर्दकै
## परिभाषा:
मोर्दकै पेर्सियामा बसोबास गर्ने एक यहूदी थिए । उनी आफ्नी बहिनी एस्तरका अभिभावक थिए, जो पछि गएर पर्सियाका राजा अहासूरसकी पत्‍नी भइन् ।
* राजाको दरबारमा काम गरेको समयमा, मोर्दकैले राजा अहासूरसको हत्या गर्नलाई केही मानिसहरूले षड्यन्‍त्र गरिरहेका सुने । उनले यो कुराको खबर दिए र यसरी ती राजाको जीवन जोगियो ।
* केही समयपछि, मोर्दकैले पर्सियाको साम्राज्यका सबै यहूदीहरूको हत्या गर्ने योजना पनि थाहा पाए । उनले एस्तरलाई आफ्ना मानिसहरूलाई बचाउन राजाकहाँ अपिल वा निवेदन गर्न सुझाव दिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ःअहाशुरस, बेबिलोन, एस्‍तर, फारस)
## बाइबलका सन्‍दर्भहरूः
* एस्‍तर २ः६
* एस्‍तर ३ः६
* एस्‍तर  ८ः२
* एस्‍तर  १०ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4782