ne_tw/bible/names/miriam.md

27 lines
2.7 KiB
Markdown

# मिरियम
## परिभाषा:
मिरियम हारून र मोशाकी दिदी थिइन् ।
* तिनी सानै हुँदा,मिरियमलाई तिनकी आमाले नाइल नदीमा एउटा टोकरीमा नर्कटको घारीमा राखिएको तिनका बालक भाइ मोशाको हेरचाह गर्न खटाएकी थिइन । जब फारोकी छोरीले उक्त्त बालकलाई भेटिन्, र आफ्नो तर्फबाट उसको हेरचाह गर्न कोही एक जना खोजिन्, तब मिरियमले चलाखी साथ आफ्नी आमालाई त्यो काम गर्नका लागि ल्याइन् ।
* इस्राएलीहरूले मिश्रीहरूबाट उम्केर लाल समुद्र पार गरेपछि, मिरियमले इस्राएलीहरूलाई आनन्द गर्ने र परमेश्‍वरलाई धन्यवाद दिने नाचमा अगुवाइ गरिन् ।
* वर्षौंपछि, इस्राएलीहरू मरूभूमिमा भौंतारिएको समयमा, मोशाले एउटी कुशी स्‍त्री विवाह गरेकोमा मिरियम र हारून बेखुसी भए र उनको आलोचना गरे ।
* मोशाको विरूद्धमा बोलेर विद्रोह गरेको कारण, परमेश्‍वरले मिरियमलाई कुष्‍ठरोगले प्रहर गर्नुभयो । तर मोशाले तिनको लागि अन्तर्विन्ति गरेपछि, परमेश्‍वरले तिनलाई निको बनाउनुभयो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हारून, कूश, ंध्‍यस्‍थता, मोशा, नील नदी, फारो, वोद्रोही)
## बाइबलका सन्‍दर्भहरूः
* १ इतिहास ६ः१-३
* व्‍यवस्‍था २४ः८-९
* मीका ६ः४
* गन्‍ती १२ः२
* गन्‍ती २०ः१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4813