ne_tw/bible/names/midian.md

32 lines
3.3 KiB
Markdown

# मिध्यानी, मिध्यानका मानिस
## परिभाषा:
मिध्यानीहरू कनान देशको दक्षिणपट्टि अरेबियाली मरूभूमिको उत्तरी भागमा बसोबास गर्ने मानिसहरू थिए । त्यस समूहका मानिसहरूलाई मिध्यानका मानिस भनेर भनिन्थ्यो ।
* मिध्यानीहरू इशा पूर्व १९ औँ शताब्दीदेखि इशा पूर्व ११ औँ शताब्दीसम्म अस्तित्वमा रहे ।
* योसेफलाई दासहरूको व्यापार गर्ने मिध्यानीहरूको एउटा समूहले मिश्रमा लागेको थियो ।
* धेरै वर्षपछि मिध्यानीहरूले कनान देशका इस्राएलीहरूलाई आक्रमण गरे । गिदोनले तिनीहरूलाई पराजित गर्न इस्राएलीहरूको नेतृत्व गरे ।
* आधुनिक अरेबियाका धेरै जातिहरू यही समुदायका सन्तानहरू हुन् ।
(हेर्नुहोस्ः अरब, मिश्र, बगाल, गिदोन, यित्रो, मोशा)
## बाइबलका सन्‍दर्भहरूः
* प्रेरित ७ः३०
* प्रस्‍थान २ः१६
* उत्‍पत्ति २५ः१-४
* उत्‍पत्ति ३७ः२८
* न्‍यायकर्ता ७ः१
## बाइबलीय कथाहरूबाट उदाहरणहरूः
* <u>16:3</u> तर त्यसपछि मानिसहरूले परमेश्‍वरलाई बिर्से र मूर्तिपूजा गर्न थाले । त्यसैले परमेश्‍वरले, नजिकको शत्रु समूह, मिध्यानका मानिसहरूलाई तिनीहरूलाई पराजय गर्न दिनुभयो ।
* <u>16:4</u> इस्राएलीहरू धेरै त्रसित भए, र तिनीहरूलाई मिध्यानका मानिसहरूले नभेटाउन् भनेर ओडारहरूमा लुके ।
* <u>16:11</u> त्यस मानिसको साथिले भन्यो, “यो सपनाको अर्थ गिदोनका सेनाले मिध्यानी सेनालाई पराजय गर्नेछ भन्‍ने हो ।”
* <u>16:14</u> परमेश्‍वरले मिध्यानका मानिसहरूलाई अलमल्याईदिनुभयो, र तिनीहरूले आफैँ-आफैलाई आक्रमण गरी मार्न थाले ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4080, H4084, H4092