ne_tw/bible/names/mesopotamia.md

26 lines
1.9 KiB
Markdown

# मेसोपोटामिया, आराम नहराइम
## परिभाषा:
मेसोपोटामिया टाइग्रिस र युफ्रेटिस नदीको बिचको भूभाग हो । आधुनिक इराक देशको इलाकामा यो अवस्थित छ ।
* पुरानो करारमा, यो इलाकालाई “आराम नहराइम” भनिन्थ्यो ।
* “मेसोपोटामिया” भन्‍ने शब्दको अर्थ “नदीहरूका बिच” हो । “आराम नहराइम” भन्‍ने वाक्यांशको अर्थ “दुईवटा नदीहरूको” भन्‍ने हुन्छ ।
* कनान देशमा जानुभन्दा पहिले अब्राहाम मेसोपोटामियाका उर र हारान सहरमा बसोबास गर्थे ।
* बेबिलोन मेसोपोटामियाको अर्को एउटा महत्त्वपूर्ण सहर थियो ।
* “कल्दीहरूको” देश भन्‍ने ठाउँ मेसोपोटामियाकै एकभाग थियो ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अराम, बेबिलोन, काल्‍देश, यूफ्रेटिस नदि)
## बाइबलका सन्‍दर्भहरूः
* प्रेरित २ः९
* प्रेरित ७ः१-३
* उत्‍पत्ति २४ः१०-११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0763, G33180