ne_tw/bible/names/mediterranean.md

25 lines
2.4 KiB
Markdown

# समुद्र, विशाल समुद्र, पश्‍चिमी समुद्र, भूमध्यसागर
## परिभाषा:
बाइबलमा, “विशाल समुद्र” वा “पश्‍चिमी समुद्र” ले वर्तमान समयको भूमध्यसागरलाई जनाउँछ, जुन बाइबलको समयका मानिसहरूलाई थाहा भएको एक मात्र विशाल पानीको संकलन थियो ।
* विशाल (भूमध्य) समुद्रको सीमामा इस्राएल (पूर्व), बेलायत (उत्तर र पश्‍चिम), र अफ्रिका (दक्षिण) रहेका छन् ।
* यो समुद्रको सीमा धेरै देशहरूसँग जोडिएका हुनाले प्राचीन समयमा यो समुद्र व्यापार र यात्राको लागि धेरै महत्त्वपूर्ण थियो । यस समुद्रको किनारका क्षेत्रमा रहेका सहरहरू र मानिसहरू धेरै धनी थिए किनकि तिनीहरूका निम्ति अरू देशहरूबाट डुंगाको माध्यमबाट सर-सामानहरू ल्याउन धेरै सजिलो थियो ।
* यो विशाल समुद्र इस्राएलको पश्‍चिममा रहेको हुनाले, यसलाई कहिलेकाँही “पश्‍चिमी समुद्र” पनि भनिन्छ ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएल, मानिसको समूह, समृद्धि)
## शब्‍दको आंकडाः
* इजकिएल ४७ः१५-१७
* इजकिएल ४७ः१८-२०
* यहोशू १५ः३-४
* गन्‍ती १३ः२७-२९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0314, H1419, H3220