ne_tw/bible/names/mary.md

42 lines
7.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मरियम, येशूकी आमा
## तथ्यहरूः
मरियम नासरत सहरमा बस्‍ने एउटी युवती थिइन् जसलाई योसेफ नाउँका मानिससगँ विवाह गर्ने वचन दिएका थिए । परमेश्‍वरले मरियमलाई येशू मसीह, परमेश्‍वरको पुत्रको आमा हुन रोज्‍नुभयो ।
* पवित्र आत्माले कन्या मरियमलाई आश्‍चर्यजनक रूपमा गर्भवती हुने तुल्याउनु भयो ।
* उनीबाट जन्‍मिने बालक परमेश्‍वरको पुत्र थिए र उहाँको नाउँ येशू राख्‍नू भनी एक स्‍वर्गदूतले मरियमलाई बताए ।
* मरियमले परमेश्‍वरलाई प्रेम गरिन् र उनीप्रति अनुग्रही हुनुभएकोमा उहाँको प्रशंसा गरिन् ।
* योसेफले मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरे, तर बालकको जन्म नभएसम्म तिनी कुमारी नै रहिन् ।
* गोठालाहरूले बालक येशूकाबारे भनेका अचम्मका कुरालाई मरियमले आफ्नो मनमा गहन रूपमा लिइन् ।
* मरियम र योसेफले बालक येशूलाई मन्‍दिरमा अर्पण गर्न लगे । पछि तिनीहरूले बालकलाई मार्ने राजा हेरोदको षड्‍यन्‍त्रबाट बच्‍न उहाँलाई मिश्रमा लगे । अन्‍ततः तिनीहरू नासरत फर्किए ।
* जब येशू वयस्‍क हुनुभयो, उहाँले कानामा भएको विवाहमा पानीलाई दाखमद्यमा परिवर्तन गर्दा मरियम उहाँसगैँ थिइन् ।
* येशू क्रूसमा मर्नुहुँदा मरियम त्यहीँ छेउमा थिइन् भनी सुसमाचारका पुस्‍तकहरूले उल्‍लेख गर्छ । उहाँको आमालाई आफ्‍नै आमालाईझैँ हेरचाह गर्नू भनी आफ्‍नो चेला यूहन्‍नालाई उहाँले भन्‍नुभयो ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [काना](../names/cana.md), [मिश्र](../names/egypt.md), [हेरोद महान्‌](../names/herodthegreat.md), [येशू](../kt/jesus.md), [योसेफ (न.का)](../names/josephnt.md), [परमेश्‍वरको पुत्र](../kt/sonofgod.md), [कन्या](../other/virgin.md))
## बाइबलका सन्दर्भहरूः
* [यूहन्‍ना २ः४](rc://*/tn/help/jhn/02/04)
* [यूहन्‍ना २ः१२](rc://*/tn/help/jhn/02/12)
* [लूका १ः२९](rc://*/tn/help/luk/01/29)
* [लूका १ः३५](rc://*/tn/help/luk/01/35)
* [मर्कूस ६ः३](rc://*/tn/help/mrk/06/03)
* [मत्ती १ः१६](rc://*/tn/help/mat/01/16)
* [मत्ती १ः१९](rc://*/tn/help/mat/01/19)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२२ः४](rc://*/tn/help/obs/22/04)__ जब एलीशिबा छ महिनाको गर्भवती थिइन्, __मरियम__ नाम गरेकी तिनकी नातेदारकहाँ देखा परेका उही स्वर्गदूत एलीशिबाकहाँ देखा परे । तिनी कन्या थिइन् र योसेफ नाम गरेका मानिससँग विवाहको निम्ति तिनको मगनी भएको थियो । स्वर्गदूतले भने, “तिमी गर्भवती हुने छौ र तिमीले एउटा पुत्र जन्माउने छौ । तिमीले उहाँको नाउँ येशू राख्‍नु र उहाँ मसीह हुनुहुने छ ।”
* __[२२ः५](rc://*/tn/help/obs/22/05)__ स्वर्गदूतले व्याख्या गरे, “पवित्र आत्मा तिमीकहाँ आउनुहुने छ, र परमेश्‍वरको शक्तिले तिमीलाई ढाक्‍ने छ । त्यसैले, बालक पवित्र हुनुहुने छ र परमेश्‍वरका पुत्र हुनुहुने छ ।” स्वर्गदूतले भनेका कुरा __मरियम__ले विश्‍वास गरिन् र उहाँको कुरा स्विकार गरिन् ।
* __[२२ः६](rc://*/tn/help/obs/22/06)__ स्वर्गदूत __मरियम__सँग बोलेपछि, लगत्तै तिनी एलीशिबालाई भेट्न गइन् । एलीशिबाले __मरियम__को अभिवादन सुन्‍ने बित्तिकै, एलीशिबाको बच्‍चा गर्भमा नै उफ्रियो ।
* __[२३ः२](rc://*/tn/help/obs/23/02)__ स्वर्गदूतले भने, “योसेफ, __मरियम__लाई आफ्नी पत्‍नी बनाउन नडराऊ । उसको गर्भमा रहेको बच्‍चा पवित्र आत्माबाट आउनुभएको हो ।”
* __[२३ः४](rc://*/tn/help/obs/23/04)__ योसेफ र __मरियम__ले तिनीहरू बस्‍ने ठाउँ नासरतदेखि बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेमका थियो ।
* __[४९ः१](rc://*/tn/help/obs/49/01)__ तिनले परमेश्‍वरको पुत्रलाई जन्म दिने छिन् भनी एउटा स्वर्गदूतले __मरियम__ नाम गरेकी एउटी कन्यालाई भने । त्यसैले तिनले कन्या छँदै एउटा छोरो जन्माइन् र उहाँको नाउँ येशू राखिन् ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G31370