ne_tw/bible/names/manasseh.md

28 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मनश्शे
## परिभाषा:
योसेफको जेठो छोराको नाम मनश्शे थियो । मनश्शेका सन्तानहरू इस्राएलका एक कुल बने ।
* मनश्‍शे नाम हिब्रू शब्‍दसगँ मिल्‍दोजुल्‍दो छ जसको अर्थ "बिर्सनु" हो।
* मनश्शेको कुललाई “मनश्शेको आधा कुल” पनि भनिन्थ्यो किनभने त्यो कुलको आधा भाग मात्रै यर्दन नदीको पश्‍चिमतर्फ कनान देशमा बसोबास गरे । अर्को भाग यार्दनको पूर्वतर्फ बसोबास गरे ।
* राजा मनश्शे एक दुष्‍ट राजा थिए जसले आफ्नै छोराछोरीलाई झूटा ईश्‍वरहरूका लागि बलिदान गरे ।
* परमेश्‍वरले शत्रु सेनाको हातमा पक्राउ पर्न दिएर राजा मनश्शेलाई दण्ड दिनुभयो । मनश्शे परमेश्‍वरतर्फ फर्के अनि मूर्तिहरूको पूजा गरिने वेदीहरू नष्‍ट गरे ।
* पुरानो करारमा मनश्‍शे नामका अन्‍य तीन जना पुरुषहरू उल्‍लेख गरिएको छ। तिनीहरूमध्‍ये एक जना केही दानिएटहरूका हजुरबुबा थिए जो झूटा देवताहरूका पुजारी थिए। अन्‍य दुई जना पुरुषहरू थिए जो एज्राको समयमा बाचिरहेका थिए र उनीहरूलाई झूटा देवताको उपासना गर्न प्रेरित गर्ने आफ्‍ना मूर्तिपूजक पत्‍नीहरूलाई सम्‍बन्‍धविच्‍छेद गर्न आवश्‍यक थियो।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
हेर्नुहोस्ः योशेफ, एफ्राइम, इस्राएलका बाह्र कुल
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास १५ः९
* व्‍यवस्‍था ३ः१२-१३
* उत्‍पत्ति ४१ः५१
* उत्‍पत्ति ४८ः१-२
* न्‍यायकर्ता १ः२७-२८
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4519, H4520, G31280