ne_tw/bible/names/levite.md

30 lines
3.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लेवी, लेवीहरू
## तथ्यहरूः
लेवी याकूबका साइँलो छोरो थिए । तिनी लेआका साइँलो छोरो थिए । तिनका सन्‍तानहरू इस्राएका कुलहरूमध्‍ये एक भए ।
* तिनका सन्तानहरूलाई "लेवी कुल" वा "लेवीहरू" भनेर चिनिन्‍थ्‍यो ।
* लेवी नाम हिब्रू शब्‍द "सगँ जोडिनु"सँग मिल्‍दोजुल्‍दो छ ।
* अन्‍य कुलहरूजस्‍तो, लेवी कुलले कनानमा एकिकृत भूमिको उत्तराधिकार पाएनन् । बरु, तिनीहरूले अन्‍य जातिहरूका क्षेत्रहरूमा छरिएका विभिन्‍न सहरहरू पाए ।
* लेवीको कुलले पवित्र वासस्थान (र पछि, मन्‍दिर) को हेरचाह गर्न र इस्राएली मानिसहरूको लागि बलिदान चढाउने र प्रार्थनाहरू गर्ने लगायतका धार्मिक विधिहरू संचालन गर्न जिम्‍मेवार थियो ।
* पुरानो करारमा, "लेवी" शब्‍दले सामान्‍यतया लेवीको वंशलाई जनाउँछ वा विशेष गरी मन्‍दिरमा पुजारीहरूलाई मदत गर्ने व्‍यक्‍तिलाई जनाउँछ भन्‍ने सदैव स्पष्ट छैन ।
* परानो करारको व्‍यवस्‍थाले ठहराएअनुसार सबै पुजारीहरू लेवी कुलबाट छान्‍नुपर्थ्यो । लेवी पुजारीहरूलाई मन्‍दिरमा परमेश्‍वरको सेवा गर्ने विशेष कामको लागि अलग र अर्पण गरिन्थ्यो ।
* "लेवी" नाम गरेको अरू दुई जना मानिस येशूका पुर्खाहरू थिए । तिनीहरूका नामहरू लूकाको सुसमाचारको पुस्‍तकको वंशावलीमा उल्लेख गरिएका छन् ।
* येशूका चेला मत्तीलाई पनि लेवी पनि भनिन्‍थ्‍यो ।
(यो पनि हेर्नुहोस्: [इस्राएलका बाह्र कुलहरू](../other/12tribesofisrael.md), [पुजारी](../kt/priest.md), [बलि](../other/sacrifice.md), [मन्दिर](../kt/temple.md), [याकूब](../names/jacob.md), [लेआ](../names/leah.md), [मत्ती](../names/matthew.md))
## बाइबलका सन्दर्भहरूः
* [१ इतिहास २ः१-२](rc://*/tn/help/1ch/02/01)
* [१ राजा ८ः३-५](rc://*/tn/help/1ki/08/03)
* [प्रेरित ४ः३६-३७](rc://*/tn/help/act/04/36)
* [उत्पत्ति २९ः३४](rc://*/tn/help/gen/29/34)
* [यूहन्‍ना १ः१९-२१](rc://*/tn/help/jhn/01/19)
* [लूका १०ः३२](rc://*/tn/help/luk/10/32)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3878, H3879, H3881, G30170, G30180, G30190, G30200