ne_tw/bible/names/lazarus.md

35 lines
3.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# लाजरस
## परिभाषा:
लाजरस र तिनका दुईवटा दिदीहरू मरियम र मार्था, येशूका विशेष मित्रहरू थिए। येशू प्रायः तिनीहरूसगँ बेथानीमा तिनीहरूको घरमा बस्‍नुभयो।
* लाजरस धेरै दिनसम्‍म चिहानमा राखिएपछि येशूले उनलाई मरेकाबाट जीवित पार्नुभयो भन्‍ने तथ्‍यका लागि उनी प्रसिद्ध छन्।
* यहूदी अगुवाहरू येशूसगँ रिसाए र उहाँले यो आश्‍चार्यकाम गर्नुभयो भनेर ईर्ष्‍या गरे, र तिनीहरूले येशू र लाजरस दुवैलाई मार्न खोज्‍ने प्रयास गरे।
* येशूले गरिब भिखारी र धनी मानिसको बारेमा एउटा दृष्‍टान्‍त पनि बताउनुभयो जसमा भिखारी "लाजरस" नामक अर्कै मानिस थिए।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः माग्‍ने, यहूदि अगुवाहरू, मार्था, मरियम, उठ्नु)
## बाइबलका सन्दर्भहरूः
* यूहन्‍ना ११ः११
* यूहन्‍ना १२ः१-३
* लूका १६ः२१
## बाइबलका घटनाहरूबाट उदाहरणहरूः
* ३७ः१ एक दिन येशूले लाजरस बिरामी छन् भन्‍ने ससन्देश पाउनुभयो । लजारस र उनका दुई दिदीहरू, मरियम र मार्था, येशूका नजिकका साथीहरू थिए ।
* ३७ः२ येशूले भन्‍नु भयो,” हाम्रा प्रिय लाजरस निदाएका छन्, र मैले उसलाई उठाउनेछु ।
* ३७ः३ येशूका चेलाहरूले उत्तर दिए,” प्रभु, यदि लाजरस निदाईरहेका हुन् भने उनी ठिक हुनेछन् ।” येशूले तिनीहरूलाई स्पष्‍टसंग भन्‍नु भयो,” लाजरस मरिसक्यो ।”
* ३७ः४ जब येशू लाजरस बस्‍ने सहरमा आइपुग्‍नुभयो, लाजरस मरेको चार दिन भइसकेको थियो ।
* ३७ः६ येशूले तिनीहरूलाई सोध्‍नुभयो,” तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?”
* ३७ः९ त्यसपछि येशूले ठुलो सोरमा भन्‍नुभयो,” लाजरस बाहिर आऊ !”
* ३७ः१० र लाजरस बाहिर आए ! उनी चिहानका लुगाहरू सहित आए ।
* ३७ः११ तर यहूदीहरूका धर्म गुरूहरूले इर्ष्या गरे, र येशू र लाजरसलाई कसरी मर्ने भनेर योजना बनाउन तिनीहरू भेला भए ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G29760