ne_tw/bible/names/kingdomofjudah.md

33 lines
5.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यहूदा, यहूदाको राज्य
## परिभाषा:
इस्राएलको बाह्र कुलहरूमध्ये यहूदा चाँहि सबै भन्दा ठुलो थियो । सोलोमन राजा मरिसकेपछि, इस्राएलीहरू दुईवटा राज्यमा विभाजन भएः इस्राएल र यहूदा ।
* सोलोमन राजाको मृत्य‍ुपछि, इस्राएल राष्‍ट्र दुई राज्‍यहरूमा विभाजित भयोः इस्राएल र यहूदा। यहूदाको राज्‍य मृत सागरको पश्‍चिममा अवस्‍थित दक्षिणी राज्‍य थियो।
* यहूदाको राज्यको राजधानी सहर यरुशलेम थियो ।
* यहूदाको आठ राजाहरूले परमप्रभुको आज्ञा पालन गरे र मानिहरूलाई उहाँको आराधना गर्न अगुवाइ गरे। तर यहूदाका धेरै राजाहरू दुष्‍ट थिए र मानिसहरूलाई मूर्ती पूजा गर्न लगाए।
* इस्राएललाई (उत्तरी राज्य) अश्शूरले पराजय गरेको १२० वर्ष पछि, यहूदालाई बेबिलोन देशले परास्त गर्यो । बेबिलोनीहरूले सहर र मन्दिरलाई नष्‍ट गरे र यहूदाको राज्यको धेरै जसो मानिसहरूलाई बन्दी बनाई बेबिलोन लागे ।
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल ३०ः२६-२८
* २ शामूएल १२ः८
* होशे ५ः१४
* यर्मिया ७ः३३
* न्‍यायकर्ता १ः१६-१७
## बाइबलीय कथाहरूबाट उदाहरणहरूः
* १८ः७ केवल दुई कुलहरूमात्र उनीप्रति (रहोबाम) बफादार रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
* १८ः१० यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
* १८ः१३ यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये केही असल थिए जसले न्यायपूर्ण रूपमा शासन गरे र परमेश्‍वरको आराधना गरे । तर धेरै जसो यहूदाका राजाहरू दुष्‍ट, भ्रष्‍ट थिए, र मूर्तिपूजा गर्थे ।
* २०ः१ इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
* २०ः५ परमेश्‍वरमा विश्‍वास नगरेको र वहाँका आज्ञाहरू नमानेको कारण वहाँले इस्राएलको राज्यको मानिसहरूलाई दण्डित गर्नुभएको यहूदाको राज्यको मानिसहरूले देखे । तर तिनीहरूले अझैपनि मूर्तिपूजा गरिरहे जसमा कनानीहरूका ईश्‍वरहरू पनि थिए ।
* २०ः६ अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० वर्ष पछि, बेबिलोनीहरूका राजा नबूकदनेसरलाई यहूदाको राज्यलाई आक्रमण गर्न परमेश्‍वरले पठाउनुभयो ।
* २०ः९ नबूकदनेसर र तिनका सेनाले यहूदाको राज्यको सबै जसो मानिसहरूलाई बेबिलोन लगे, र जमिनमा रोपाईं गर्नको निम्ति मात्र सबै भन्दा दरिद्र मानिसहरूमात्र त्यहीँ छोडिदिए ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4438, H3063