ne_tw/bible/names/kingdomofisrael.md

33 lines
5.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# इस्राएलको राज्य
## परिभाषा:
सुलेमान राजा मरिसकेपछि, इस्राएल दुई भागमा विभाजन भयो । इस्राएलको राज्य भनेको इस्राएलको दश कुलहरू मिलेर बनेको उत्तरी राज्य थियो ।
* उत्तर इस्राएलको राज्‍यमा दश कुलहरू थिए, र दक्षिणमा यहूदाको राज्‍यमा दुईवटाकुलहरू थिए।
* इस्राएल राज्‍यको राजधानी सामरिया थियो। यो यहूदा राज्‍यको राजानी सहर यरूशलेमबाट करिब ५० किलोमिटर टाढा थियो।
* इस्राएली राज्यको सबै राजाहरू दुष्‍ट थिए । यरुशलेमको मन्दिरमा गएर परमेश्‍वरको आराधना नगर्न तिनीहरूले सबैलाई उक्साए । बरु, मूर्तिहरू तथा झुटा देवताहरूको सेवा गर्न उत्साह दिए ।
* त्यसैले तिनीहरूलाई आक्रमण गर्न र बन्दी बनाउन परमेश्‍वरले अश्शूरीहरूलाई पठाउनुभयो । धेरै इस्राएलीहरूलाई कैद गरी अश्‍शूरमा बस्‍न लागे।
* इस्राएली राज्यको बाँकी रहेका मानिसहरूसँग रहनको लागि अश्शूरीहरूले परदेशीहरूलाई पनि ल्याए । यी परदेशीहरूले इस्राएलीहरूसँग अन्तरविवाह गरे र उनीहरूबाट जन्मिएका सन्तानहरू नै सामरीहरू भए ।
(हेर्नुहोस्ः अश्शूरी, इस्राएल, यहूदा, यरूशलेम, राज्‍य, सामरीया)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास ३५ः१८
* यर्मिया ५ः११
* यर्मिया ९ः२६
## बाइबलीय कथाहरूबाट उदाहरणहरू
* रहबामको विरुद्ध विद्रोह गर्ने इस्राएल देशका अरू दश कुलहरूले यारोबाम नाम गरेको मानिसलाई तिनीहरूका राजा हुनको निम्ति नियुक्त गरे । तिनीहरूले त्यस क्षेत्रको उत्तरी भागमा तिनीहरूको राज्य खाडा गरे र तिनीहरूलाई इस्राएलको राज्य भनियो ।
* यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
* इस्राएलको नयाँ राज्यमा सबै राजाहरू दुष्‍ट थिए ।
* इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
* एउटा शक्तिशाली, क्रूर देश, अश्शूरी साम्राज्यद्वारा इस्राएलको राज्य नष्‍ट भएको थियो । इस्राएलको राज्यको धेरै मानिसहरूलाई अश्शुरीहरूले मारे, मुल्यवान कुराहरूसबै लगे, र त्यस देशको धेरै भाग जलाइदिए ।
* इस्राएलको राज्य भएको स्थानमा अश्शूरीहरू परदेशीहरूलाई बसोबास गर्न ल्याए । ती परदेशीहरूले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बाँकी रहेका इस्राएलीहरूसंग विवाह गरे । यसरी परदेशीहरूसंग विवाह गरेर आएका सन्तानहरूलाई सामरी भनेर भनिन्थ्यो ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3478, H4410, H4467, H4468