36 lines
5.2 KiB
Markdown
36 lines
5.2 KiB
Markdown
# यहूदा इस्करियोत
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
यहूदा इस्करियोत येशूका बाह्र जना प्रेरितमध्ये एक थियो । येशूलाई विश्वासघात गरेर यहूदी अगुवाहरूकहाँ सुम्पिने त्यही नै थियो ।
|
||
|
||
* “इस्करियोत” नाउँको अर्थ “करियोतबाट वा को” हुन सक्छ, सायद यसले यहूदा त्यो सहरमा हुर्केका थिए भन्ने दर्शारहेको छ ।
|
||
* यहूदा इस्करियोतले प्रेरितहरूको रुपियाँ-पैसाको बन्दोवस्त गर्थ्यो र त्यसबाट आफ्नो निम्ति प्रयोग गर्न नियमित रूपमा चोर्ने गर्थ्यो ।
|
||
* येशू कहाँ हुनुहुन्थ्यो भनी धार्मिक अगुवाहरूलाई जानकारी गराएर यहूदाले येशूलाई धोका दियो ताकि तिनीहरूले उहाँलाई पक्रनु सकून् ।
|
||
* धार्मिक अगुवाहरूले येशूलाई मृत्युदण्ड दिएपछि येशूलाई धोका दिएकोमा यहूदाले पछुतो लाग्यो, त्यसैले, त्यसले विश्वासघातको रुपियाँ-पैसा यहूदी अगुवाहरूलाई दियो आत्महत्या गर्यो ।
|
||
* येशूका अन्य प्रेरितहरूमध्ये एक जना याकूबका छोरा यहूदा थिए । उनी यहूदा इस्करियोत होइनन् ।
|
||
* येशूको एक जना भाईको नाउँ पनि यहूदा थियो । पछि उनी "यहूदा" भनेर चिनिए । उनी पनि यहूदा इस्करियोत थिएनन् ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नाहरू अनुवाद गर्नु](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [विश्वासघात गर्नु](../other/betray.md), [यहूदी अगुवाहरू](../other/jewishleaders.md), [याकूबका छोरा यहूदा](../names/judassonofjames.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [लूका ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
|
||
* [लूका २२ः४७-४८](rc://*/tn/help/luk/22/47)
|
||
* [मर्कूस ३ः१९](rc://*/tn/help/mrk/03/19)
|
||
* [मर्कूस १४ः१०-११](rc://*/tn/help/mrk/14/10)
|
||
* [मत्ती २६ः२३-२५](rc://*/tn/help/mat/26/23)
|
||
|
||
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
|
||
|
||
* __[३८ः२](rc://*/tn/help/obs/38/02)__ येशूका चेलाहरूमध्ये एक जनाको नाउँ __यहूदा__ थियो । … येशू र चेलाहरू यरूशलेम आइपुगेपछि __यहूदा__ यहूदी अगुवाहरूकहाँ गयो र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
|
||
* __[३८ः३](rc://*/tn/help/obs/38/03)__ प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन __यहूदा__लाई चाँदीका तिस टुक्रा दिए ।
|
||
* __[३८ः१४](rc://*/tn/help/obs/38/14)__ __यहूदा__ यहूदी अगुवाहरू, सिपाहीहरू र ठुलो भिड लिएर आयो । तिनीहरू सबैले तरवार र लाठाहरू बोकेका थिए । __यहूदा__ येशूकहाँ र भन्यो, “गुरुज्यू, अभिवादन !” र त्यसले उहाँलाई चुम्बन गर्यो ।
|
||
* __[३९ः८](rc://*/tn/help/obs/39/08)__ त्यति नै खेर धोकेबाज __यहूदा__ले यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्डको लागि सुम्पिएको देख्यो । त्यो शोकाकुल भयो अनि गएर त्यसले आत्महत्या गर्यो ।
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G24550, G24690
|