ne_tw/bible/names/josiah.md

27 lines
2.6 KiB
Markdown

# योशियाह
## परिभाषा:
योशियाह एक ईश्‍वरीय राजा थिए जसले यहूदा राज्यमाथि एकतिस वर्ष राज्य गरे । यहूदाका मानिसहरूलाई पश्‍चात्तापमा डोर्‍याई यहोवेको आराधनाको लागि उत्साह दिन तिनले धेरै कुराहरू गरे ।
* तिनका पिता आमोसको हत्या गरिएपछि आठ वर्षको उमेरमा योशियाह यहूदाको राजा बने ।
* आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले प्रधान पूजाहारी हिल्कियाहलाई परमप्रभुको मन्दिर पुनर्निर्माण गर्न आज्ञा दिए । पुनर्निर्माणको क्रममा व्यवस्थाको पुस्तक भेट्टाइएको थियो ।
* योशियाहको निम्ति व्यवस्थाको पुस्तक पढिँदा तिनका मानिसहरू कसरी परमेश्‍वरप्रति अनाज्ञाकारी भएका रहेछन् भनी थाहा पाएर तिनी दुःखित भए । मूर्तिपूजा गर्ने स्थानहरू नष्‍ट पारिऊन् र झुटा देवहरू मारिऊन् भनी तिनले आज्ञा दिए ।
* फेरि निस्तार-चाडको उत्सव मनाइयोस् भनेर पनि तिनले आज्ञा दिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः मूर्ति, मूर्तिपूजा, यहूदा, व्यवस्था, सिद्धान्त, निस्तार-चाड, मन्दिर)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ३ः१३-१४
* २ इतिहास३३ः२४-२५
* २ इतिहास ३४ः३
* यर्मिया १ः३
* मत्ती १ः११
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2977, G25020