ne_tw/bible/names/joshua.md

39 lines
5.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यहोशू
## परिभाषा:
बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्‍वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।
* मोशाद्वारा प्रतिज्ञात देशको अन्वेषण गर्न पठाइएका बार्‍ह जना गुप्‍तचरमध्ये यहोशू एक थिए ।
* प्रतिज्ञाको देशमा प्रवेश गरी कनानीहरूलाई पराजित गरेर परमेश्‍वरको आज्ञा मान्‍न यहोशूले इस्राएलीहरूलाई उत्साह दिँदा कालेबसँगै तिनले आफ्नो साहस देखाए र परमेश्‍वरमाथि भरोसा गरे ।
* धेरै वर्षपश्‍चात् मोशाको मृत्युभएपछि इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्‍याउन परमेश्‍वरले यहोशूलाई नियुक्‍त गर्नुभयो ।
* कनानीहरूको विरुद्धमा पहिलो र सर्वाधिक महत्त्वपूर्ण युद्धमा परमेश्‍वरले भन्‍नुभएमुताबिक यहोशूले इस्राएलीहरूको नेतृत्व गरी तिनले यरीहो सहरलाई पराजित गरे ।
* यहोशूको पुस्तक तिनको नेतृत्वमा घटेका घटनाहरूको बारेमा लेखिएको पुस्तक हो । यहाँ प्रतिज्ञात देशको कब्जा र इस्राएलका कुलहरूको लागि देशको विभाजनबारे पढ्न पाइन्छ ।
* हाग्गै र जकरियाको पुस्‍तकहरूमा यहोशू नाउँ गरेको मानिस उल्‍लेख गरिएको छ; उनिएक प्रधान पूजहारी थिए जसले यरूशलेमको पर्खालहरू पुननिर्माण गर्न मदत  गरे।
* वंशावली र बाइबलमा अरू ठाउँहरूमा उल्‍लेख गरिएको यहोशू नामका हरू थुप्रै पुरुषहरू छन्।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कनान, हाग्‍गै,  यरीहो,, मोशा, प्रतिज्ञा गरिएको देश, जकरीया (पु.क))
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ७ः२५-२७
* व्‍यवस्‍था ३ः२१
* प्रस्‍थान १७ः१०
* यहोशू १ः३
* गन्‍ती २७ः१९
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१४-०४) जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलको हरेक कुलबाट एक-एक गरी बार्‍ह जना मानिस छाने । त्यो देश कस्तो थियो भनी त्यसको भेद लिन जान तिनले ती मानिसहरूलाई निर्देशन दिए ।
* (१४-०६) तुरुन्तै अन्य दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो साँचो हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
* (१४-०८) यहोशू र कालेबबाहेक बिस वर्ष र सोभन्दा माथिको हरेक व्यक्‍ति त्यहीँ मर्नेछ र कहिल्यै प्रतिज्ञात देशमा प्रवेश गर्नेछैन ।”
* (१४-१४) अब मोशा निकै वृद्ध भइसकेका थिए । त्यसैले, मानिसहरूको नेतृत्वको लागि तिनीहरूलाई मदत गर्न परमेश्‍वरले यहोशूलाई चुन्‍नुभयो ।
* (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा राख्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
* (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3091, G24240