ne_tw/bible/names/johnthebaptist.md

38 lines
5.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यूहन्‍ना (बप्‍तिस्मा-दिने)
## तथ्यहरूः
यूहन्‍ना जकरिया र एलीशिबाका छोरा थिए । “यूहन्‍ना” एउटा प्रचलित नाउँ भएकोले प्रेरित यूहन्‍नाजस्ता अन्य यूहन्‍ना नाउँ गरेका मानिसहरूबाट छुट्टयाउन तिनलाई अक्सर “बप्‍तिस्मा दिने यूहन्‍ना” भनिएको छ ।
* यूहन्‍ना अगमवक्‍ता थिए जसलाई मसीहमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन मानिसहरूलाई तयार पार्न परमेश्‍वरले पठाउनुभयो ।
* आ-आफ्ना पाप स्वीकार गरी परमेश्‍वरकहाँ फर्कन र पाप गर्न छाड्न यूहन्‍नाले मानिसहरूलाई आव्हान गरे, ताकि उनीहरू मसीहलाई ग्रहण गर्न तयार होऊन् ।
* मानिसहरू आ-आफ्ना पापका निम्ति दुःखित थिए र तिनीहरू पापबाट फर्केका थिए भन्‍ने चिन्हस्वरूप यूहन्‍नाले धेरै मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिए ।
* यूहन्‍नाले धेरै मानिसहरूलाई बप्‍तिस्मा दिएकाले तिनलाई “बप्‍तिस्मा-दिने यूहन्‍ना” भनियो ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [बप्‍तिस्मा दिनु](../kt/baptize.md), [जकरिया (न.का)](../names/zechariahnt.md))
## बाइबलका सन्दर्भहरूः
* [यूहन्‍ना ३ः२२-२४](rc://*/tn/help/jhn/03/22)
* [लूका १ः११-१३](rc://*/tn/help/luk/01/11)
* [लूका १ः६२-६३](rc://*/tn/help/luk/01/62)
* [लूका ३ः७](rc://*/tn/help/luk/03/07)
* [लूका ३ः१५-१६](rc://*/tn/help/luk/03/15)
* [लूका ७ः२७-२८](rc://*/tn/help/luk/07/27)
* [मत्ती ३ः१३](rc://*/tn/help/mat/03/13)
* [मत्ती ११ः१४](rc://*/tn/help/mat/11/14)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२२ः२](rc://*/tn/help/obs/22/02)__ स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीले एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ __यूहन्ना__ राख्‍नेछौ । तिनी पवित्र आत्माले भरिनेछन्, र तिनले मसीहको निम्ति बाटो तयार पार्नेछन् ।”
* __[२२ः७](rc://*/tn/help/obs/22/07)__ एलीशिबाले छोरो जन्माएपछि स्वर्गदूतको आज्ञाअनुसार जकरिया र एलीशिबाले बच्‍चाको नाउँ __यूहन्ना__ राखे ।
* __[२४ः१](rc://*/tn/help/obs/24/01)__ जकरिया र एलीशिबाका छोरा __यूहन्ना__ हुर्के र अगमवक्‍ता बने । तिनी उजाड-स्थानमा बस्थे; तिनले जङ्गली मह र सलहहरू खान्थे अनि ऊँटको रौँबाट बनेका वस्‍त्रहरू लगाउँथे ।
* __[२४ः२](rc://*/tn/help/obs/24/02)__ धेरै मानिसहरू __यूहन्ना__को कुरा सुन्‍न उजाड-स्थानमा आए । तिनले यसो भन्दै उनीहरूलाई प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै छ ।”
* __[२४ः६](rc://*/tn/help/obs/24/06)__ अर्को दिन येशू __यूहन्ना__द्वारा बप्‍तिस्मा लिन आउनुभयो । __यूहन्ना__ले उहाँलाई देखेपछि तिनले भने, “हेर ! संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा ।”
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G09100 G24910