35 lines
5.3 KiB
Markdown
35 lines
5.3 KiB
Markdown
# यूहन्ना (प्रेरित)
|
||
|
||
## तथ्यहरूः
|
||
|
||
यूहन्ना येशूका बाह्र जना चेलाहरूमध्ये एक थिए र तिनी येशूका नजिकका चेलाहरूमध्ये पनि एक थिए ।
|
||
|
||
* यूहन्ना र तिनका दाजु याकूब मछुवा जब्दियाका छोराहरू थिए ।
|
||
* उनले येशूको जीवनको बारेमा लेखेको सुसमाचारमा, यूहन्नाले आफूलाई "येशूले प्रेम गर्ने चेला" भनी उल्लेख गरेका छन् । यसले यूहन्ना येशूको विशेष घनिष्ट मित्र थिए भन्ने कुराको संकेत गर्छ ।
|
||
* प्रेरित यूहन्नाले नयाँ करारका पाचँ वटा पुस्तकहरू लेखेः यूहन्नाको सुसमाचार, येशू ख्रिष्टको प्रकाश, र अन्य विश्वासीहरूलाई लेखिएका तीन पत्रहरू ।
|
||
* यूहन्ना बप्तिस्मा-दिने यूहन्नाभन्दा फरक व्यक्ति थिए भन्ने ख्याल गर्नुहोस् ।
|
||
|
||
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
|
||
|
||
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [प्रकट गर्नु](../kt/reveal.md), [याकूब(जब्दियाका छोरो)](../names/jamessonofzebedee.md), [(बप्तिस्मा दिने) यूहन्ना](../names/johnthebaptist.md), [जब्दिया](../names/zebedee.md))
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [गलाती २ः९-१०](rc://*/tn/help/gal/02/09)
|
||
* [यूहन्ना १ः१९-२१](rc://*/tn/help/jhn/01/19)
|
||
* [मर्कूस ३ः१७-१९](rc://*/tn/help/mrk/03/17)
|
||
* [मत्ती ४ः२१-२२](rc://*/tn/help/mat/04/21)
|
||
* [प्रकाश १ः१-३](rc://*/tn/help/rev/01/01)
|
||
|
||
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
|
||
|
||
* __[३६ः१](rc://*/tn/help/obs/36/01)__ एक दिन येशूले आफ्ना तीन जना चेलाहरू पत्रुस, याकूब र __यूहन्ना__लाई आफूसँगै लैजानुभयो । (__यूहन्ना__ नाउँ गरेका चेला र येशूलाई बप्तिस्मा दिने व्यक्ति उही होइनन् । ) तिनीहरू आफै उच्च पहाडमा उक्ले ।
|
||
* __[४४ः१](rc://*/tn/help/obs/44/01)__ एक दिन पत्रुस र __यूहन्ना__ मन्दिरतिर जाँदै थिए । तिनीहरू मन्दिरको ढोकामा नजिकिँदै गर्दा तिनीहरूले एक जना लङ्गडो मानिसलाई देखे जसले रुपियाँ-पैसा माग्दै थियो ।
|
||
* __[४४ः६](rc://*/tn/help/obs/44/06)__ पत्रुस र __यूहन्ना__ले भनेका कुराहरू सुनेर मन्दिरका अगुवाहरू निकै दुःखित भए । त्यसैले, उनीहरूले तिनीहरूलाई पक्राउ गरी झ्यालखानमा हालिदिए ।
|
||
* __[४४ः७](rc://*/tn/help/obs/44/07)__ अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र __यूहन्ना__लाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए । तिनीहरूले पत्रुस र __यूहन्ना__लाई सोधे, “तिमीहरूले कुनचाहिँ शक्तिले यो लङ्गडो मानिसलाई निको पार्यौ?”
|
||
* __[४४ः९](rc://*/tn/help/obs/44/09)__ पत्रुस र __यूहन्ना__ साधारण र अशिक्षित भए तापनि तिनीहरूले साहसपूर्वक बोलेको देखेर अगुवाहरू छक्क परे । तर यी मानिसहरू येशूसितै थिए भन्ने तिनीहरूले सम्झे । तिनीहरूले पत्रुस र __यूहन्ना__लाई धम्काएपछि तिनीहरूलाई जान दिए ।
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G24910
|