ne_tw/bible/names/job.md

27 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अय्यूब
## परिभाषा:
अय्यूब यस्ता मानिस थिए जसलाई बाइबलले परमेश्‍वरको सामु निर्दोष र धर्मी भनी बयान गर्छ । भयङ्कर दुःखकष्‍ट र शोकको घडी भएर जानुपर्दा पनि तिनी परमेश्‍वरमाथि विश्‍वासमा अडिग रहेका थिए भन्‍ने सम्बन्धमा तिनी निकै परिचित छन् ।
* अय्यूब उज देशमा बस्‍थे, जुन कनान देशको पूर्वमा, सम्‍भवतः एदोमीहरूको इलाका नजिकै अवस्‍थित थियो।
* यो मानिन्‍छ कि उनी एसाव र याकूबको समयमा बाँचिरहेका थिए किनभने अय्‍यूबका साथीहरू मध्‍ये एक "तेमानी" थिए, जुन एसावको नातिको नाममा राखिएको एउटा समूह थियो।
* अय्‍यूबको पुरानो करारको पुस्‍तकले अय्‍यूब र अरूले तिनको पिडाप्रति कस्‍तो प्रतिक्रिया देखाए भनेर बताउँछ। यसले ब्रह्माण्‍डको सार्वभौम सृष्‍टिकर्ता र शासकको रूपमा परमेश्‍वरको दृष्‍टिकोण पनि दिन्‍छ।
* सबै विपत्तहरू पछी, परमेश्‍वरले अन्‍ततः अय्‍यूबलाई निको पार्नुभयो र उनलाई धेरै सन्‍तान र धनसम्‍पत्ति दिनुभयो।
* अय्‍यूबको पुस्‍तकले बताउँछ कि तिनको मृत्‍यु हुदाँ तिनी धेरै वृद्ध थिए।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, एसाव, जलप्रलय, याकूब, नोआ, मानिसको समूह)
## बाइबलका सन्दर्भहरूः
* इजकिएल १४ः१२-१४
* याकूब ०५:९-११
* अय्यूब १ः१
* अय्यूब ०३:५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0347, G24920