ne_tw/bible/names/jethro.md

29 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यित्रो, रूएल
## परिभाषा:
यित्रो र रूएल दुवै नाउँ मोशाकी पत्‍नी सिप्पोराका पितालाई उल्लेख गर्न प्रयोग गरिएका छन् । सायद, रूएल तिनको कुटुम्बको नाउँ थियो ।
* मोशा मिद्यान देशमा गोठालो हुँदा तिनले रूएल नाउँका एक जना मिद्यानीकी छोरीसित बिहे गरे । तिनलाई पछि “मिद्यानका पूजाहारी यित्रो” भनी उल्लेख गरिएको छ ।
* एक पटक मोशाले यित्रोका भेडाहरूको रेखदेख गरिरहँदा परमेश्‍वरले जलिरहेको पोथ्राबाट तिनीसित बोल्नुभयो ।
* केही समयपश्‍चात् अर्थात् परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिनुभएपछि यित्रो उजाड-स्थानमा मोशाकहाँ आए र मानिसहरूका कामकाजको कसरी न्याय गर्ने भन्‍ने विषयमा तिनलाई राम्रो सल्लाह दिए ।
* परमेश्‍वरले मिश्रमा गर्नुभएका सबै आश्‍चर्यकर्महरूको बारेमा सुनेपछि यित्रोले परमेश्‍वरमा विश्‍वास गरे ।
* एसावका छोराहरूमध्‍ये एक जनाको नाउँ रूएल थियो।
* बेबिलोनको कैद समाप्‍त भएपछि यहूदामा पुनः बसिबास गर्न फर्केका इस्राएलीहरूको वंशावलीमा रूएल नामको अर्को व्‍यक्‍ति पनि उल्‍लेख गरिएको छ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः कैद, कुल, मरुभूमि, मिश्र, एसाव, आश्‍चर्यकर्म, मोशा, उजाड-स्‍थान)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास १ः३४-३७
* प्रस्थान ०२:१८-२०
* प्रस्थान ०३:१-३
* प्रस्थान १८ः३
* गन्‍ती १०ः२९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3503, H7467