ne_tw/bible/names/jerusalem.md

41 lines
7.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यरूशलेम
## तथ्यहरूः
सुरुमा यरूशलेम एउटा कनानी सहर थियो जुन पछि इस्राएलमै सर्वाधिक महत्त्वपूर्ण सहर बन्यो । यो खारा सागर(मृत सागर)को पश्‍चिमतिर लगभग ३४ किलोमिटर र बेथलेहेमको उत्तरतिर पर्छ । यो अहिले पनि वर्तमान इस्राएलको राजधानी सहर हो ।
* "यरूशलेम" नामलाई यहोशूको पुस्तकमा पहिलो पटक उल्लेख गरिन्छ । पुरानो करारमा यस सहरको अन्य नामहरू "शालेम," "यबूसको सहर," र "सियोन" हुन् । "यरूशलेम" र "शालेम" दुवैको मूलरूपको अर्थ "शान्ति" हुन्छ ।
* यरूशलेमलाई मौलिक रूपमा "सियोन" भनिने यबूसी किल्ला थियो जसलाई राजा दाऊदले कब्जा गरे र त्यसलाई आफ्नो राजधानी सहर बनाए ।
* दाऊदका पुत्र सोलोमनले यरूशलेमको मोरीयाह पर्वतमा पहिलो मन्दिर निर्माण गरे जहाँ अब्राहामले आफ्ना छोरा इसहाकलाई परमेश्‍वरको निम्ति बलि चढाएउन गएका थिए । बेबिलोनीहरूले यरूशलेमलाई नष्‍ट पारेपछि फेरि त्‍यस मन्‍दिरको पुनर्निर्माण गरियो ।
* मन्दिर यरूशलेममा नै भएकोले प्रमुख यहूदी चाडपर्वहरू त्यहाँ नै मनाइन्थ्यो ।
* यरूशलेम इस्राएलका पर्वतहरूमाथि अवस्थित भएकोले मानिसहरूले यरूशलेम जाँदा साधारणतया “माथि यरूशलेम जाने” भनी उल्लेख गर्थे ।
(यो पनि हेर्नुहोस्: [बेबिलोन](../names/babylon.md), [ख्रीष्ट](../kt/christ.md), [दाऊद](../names/david.md), [यबूसीहरू](../names/jebusites.md), [येशू](../kt/jesus.md), [सोलोमन](../names/solomon.md), [मन्दिर](../kt/temple.md), [सियोन](../kt/zion.md))
## बाइबलका सन्दर्भहरूः
* [गलाती ४ः२६-२७](rc://*/tn/help/gal/04/26)
* [यूहन्‍ना २ः१३](rc://*/tn/help/jhn/02/13)
* [लूका ४ः९-११](rc://*/tn/help/luk/04/09)
* [लूका १३ः५](rc://*/tn/help/luk/13/05)
* [मर्कूस ३ः७-८](rc://*/tn/help/mrk/03/07)
* [मर्कूस ३ः२०-२२](rc://*/tn/help/mrk/03/20)
* [मत्ती ३ः६](rc://*/tn/help/mat/03/06)
* [मत्ती ४ः२३-२५](rc://*/tn/help/mat/04/23)
* [मत्ती २०ः१७](rc://*/tn/help/mat/20/17)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१७ः५](rc://*/tn/help/obs/17/05)__ दाऊदले __यरूशलेम__लाई कब्जा गरी यसलाई आफ्नो राजधानी सहर बनाए ।
* __[१८ः२](rc://*/tn/help/obs/18/02)__ __यरूशलेम__मा सोलोमनले मन्दिर निर्माण गरे जसको लागि तिनका पिता दाऊदले योजना बनाई सामग्रीहरू थुपारेका थिए ।
* __[२०ः७](rc://*/tn/help/obs/20/07)__ तिनीहरू (बेबिलोनीहरू) ले __यरूशलेम__ सहर कब्जा गरे; मन्दिरलाई नाश पारे र सहरसाथै मन्दिरका सबै खजानाहरू लिएर गए ।
* __[२०ः१२](rc://*/tn/help/obs/20/12)__ त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित __यरूशलेम__ सहरमा फर्के ।
* __[३८ः१](rc://*/tn/help/obs/38/01)__ येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्नुभएको लगभग तीन वर्षपश्‍चात् येशूले __यरूशलेम__मा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहनुहुन्थ्यो र त्यहीँ नै उहाँ मारिनुहुन्थ्यो भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।
* __[३८ः२](rc://*/tn/help/obs/38/02)__ येशू र चेलाहरू __यरूशलेम__मा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गए र रुपियाँ-पैसा लिई येशूलाई धोका दिने प्रस्ताव राख्‍यो ।
* __[४२ः८](rc://*/tn/help/obs/42/08)__ “धर्मशास्‍त्रमा यो पनि लेखिएको थियो, कि हरेकले पाप क्षमा पाउनको लागि उसले पश्‍चात्ताप गर्नुपर्छ भनी मेरा चेलाहरूले घोषणा गर्ने छन् । तिनीहरूले __ यरूशलेम__ मा यसको थालनी गर्ने छन् र सबै मानिस समूहहरूकहाँ जाने छन् ।”
* __[४२ः११](rc://*/tn/help/obs/42/11)__ येशू मृतकहरूबाट पुनरुत्थान हुनुभएको चालिस दिनपश्‍चात् उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीहरूमा आउनुभएर तिमीहरूले शक्‍ति नपाउञ्‍जेलसम्म तिमीहरू __यरूशलेम__मा नै बसिराख ।”
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3389, H3390, G24140, G24150, G24190