ne_tw/bible/names/jeroboam.md

33 lines
4.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यारोबाम
## परिभाषा:
नबातका छोरा यारोबाम करिब ९००-९१० ख्रीष्‍टपूर्वमा उत्तरी राज्य इस्राएलका प्रथम राजा बने । यहोआशका छोरा यारोबाम नाउँका अर्का राजाले इस्राएलमाथि १२० वर्षपछि राज्य गरे । कहिले काहीँ तिनीहरूलाई “यारोबाम प्रथम” र “यारोबाम द्वितीय” भनिन्छ ।
* जब सोलोमनको मृत्‍यु भयो,  इस्राएलका दस उत्तरी कुलले सोलोमनको छोरा रहबामको विरुद्धमा विद्रोह गरे र यारोबामलाई राजा बनाए, रहबामलाई केवल दक्षीणी दुई कुलहरू, यहूदा र बेन्‍जामिनको कुलहरूले राजाको रूपमा छोडे।
* लाई बाँकी इस्राएलबाट छुट्टिन लगाई आफूलाई तिनीहरूका शासकको रूपमा पछ्याउन लगाए । तिनी ज्यादै दुष्‍ट राजा थिए । तिनले इस्राएल राज्यका मानिसहरूलाई यहोवेलाई पुज्‍नुको साटो मूर्तिहरूलाई पुज्‍न उत्साह दिए ।
* यारोबाम एक दुष्ट राजा बने जसले मानिसहरूलाई यहोवाको उपासना गर्नबाट टाढाँ लगे र तिनीहरूको निम्‍ति पूजा गर्न मूर्तिहरू स्‍थापना गरे। इस्राएलका अरू सबै राजाहरूले यारोबामको उदाहरण पछ्‍याए र उनी जस्तै दुष्‍ट भए।
* झण्डै १२० वर्षपश्‍चात् यारोबाम नाउँका अर्का राजाले उत्तरी राज्य इस्राएलमा शासन गर्न थाले । यी यारोबाम यहोआशका छोरा थिए र तिनी पनि इस्राएलका अगिल्ला राजाहरूझैँ दुष्‍ट थिए ।
* यी सबैका बाबजुत पनि परमेश्‍वरले इस्राएलमाथि कृपा देखाउनुभयो र यी राजा यारोबामलाई देश प्राप्‍त गरी त्यसको सिमाना स्थापित गर्न मदत गर्नुभयो ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )
(हेर्नुहोस्ः झूटा देवताहरू, इस्राएल राज्य, यहूदा, सोलोमन)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ५ः१६-१७
* १ राजा १२ः२
* २ इतिहास ९ः२९
* २ राजा ३ः१-३
* आमोस १ः१
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१८-०८) रहबामको विरुद्धमा उत्रने इस्राएलका अन्य दस कुलले यारोबामलाई तिनीहरूका राजाको रूपमा नियुक्‍त गरे ।
* (१८-०९) यारोबामले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए । यहूदा राज्यको मन्दिरमा तिनले दुईवटा मूर्ति स्थापना गरे र मानिसहरूलाई यहोवेलाई पुज्‍न लगाउनुको साटो तिनै मूर्तिहरूलाई पुज्‍न लगाए ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3379