ne_tw/bible/names/jeremiah.md

32 lines
3.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यर्मिया
## परिभाषा:
यर्मिया यहूदा राज्यमा परमेश्‍वरका एक अगमवक्‍ता थिए । यर्मियाको पुरानो करारको पुस्‍तकमा उनले लेखेका भविष्‍यवाणीहरू छन्।
* अधिकांश अगमवक्‍ताहरूलेझैँ यर्मियाले पनि अक्सर मानिसहरूको पापको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिँदै हुनुहुन्थ्यो भनी चेताउनी दिनुपर्‍यो ।
* बेबिलोनीहरूले यरूशलेमलाई कब्जा गर्ने थिए भनी यर्मियाले भविष्यवाणी गरे, जसले गर्दा यहूदाका केही मानिसहरू तिनीदेखि रिसाए । त्यसैले, तिनीहरूले तिनलाई एउटा सुक्खा इनारमा राखी त्यहीँ मरून् भनी त्यसै छाडिदिए । तर यहूदाका राजाले तिनलाई इनारबाट छुटकारा दिन आफ्ना नोकरहरूलाई आदेश दिए ।
* यर्मियाले आफ्‍ना मानिसहरूको विद्रोह र पीडाहरूप्रति गहिरो दुःख व्‍यक्‍त गर्नका लागि आफ्‍ना आँखाहरू "आँसुको मुहान" बन्‍न सकून भनि लेखे।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, यहूदा, अगमवक्‍ता, विद्रोह, दुःख, राम्रो)
## बाइबलका सन्दर्भहरूः
* २ इतिहास ३५ः२५
* यर्मिया १ः२
* यर्मिया ११ः१
* मत्ती ०२:१७-१८
* मत्ती १६:१३-१६
* मत्ती २७:९-१०
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१९-१७) एक पटक, यर्मिया अगमवक्‍तालाई सुक्खा इनारमा राखी तिनी त्यहीँ मरून् भनी त्यसै छाडियो । तिनी इनारको फेदमा भएको दलदले माटोमा डुबे । तर राजाले तिनीमाथि कृपा देखाए र तिनको मृत्यु हुनुभन्दा पहिले नै तिनलाई इनारदेखि बाहिर ल्याउन आफ्ना नोकरहरूलाई आदेश दिए ।
* (२१-०५) यर्मिया अगमवक्‍ताद्वारा परमेश्‍वरले नयाँ करारको निर्माण गर्नुहुने थियो भनी प्रतिज्ञा गर्नुभयो जुन सीनैमा परमेश्‍वरले इस्राएलसित बाँध्‍नुभएको करारजस्तो हुने थिएन ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3414, G24080