28 lines
2.6 KiB
Markdown
28 lines
2.6 KiB
Markdown
# यहोराम
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहोराम पुरानो करारमा दुई जना बेग्लाबेग्लै राजाका नाउँ थियो। दुवै राजाहरूलाई "योराम" भनेर चिनिन्थे।
|
||
|
||
* एक जना राजा यहोरामले यहूदाको राज्यमा आठ बर्ष शासन गरे। तिनी राजा यहहोशापातका छोरा थिए। यो त्यहि राजा हो जसलाई प्रायः यहोराम भनेर चिनिन्छ।
|
||
* अर्को राजा यहोरामले इस्राएलको राज्यमा बाह्र वर्ष शासन गरे। तिनी राजा आहाबका छोरा थिए।
|
||
* अगमवक्ता यर्मिया, दानिएल, ओबदिया र इजकिएलले यहूदाको राज्यमा अगमवाणी गरिरहेको बेला यहूदाका राजा यहोरामले शासन गरेका थिए।
|
||
* आफ्ना पिता यहोशापातले यहूदामा शासन गरिरहेको बेलामा राजा यहोरामले पनि शासन गरे।
|
||
* केहि अनुवादहरूले इस्राएलको यो राजाको उल्लेख गर्दा "यहोराम" नाम र यहूदाला राजाको लागि "योराम" नाम लगातार प्रयोग गर्न चाहेका छन्।
|
||
* प्रत्येकलाई स्पष्ट रूपमा पहिचान गर्ने अर्को तरिका भनेको आफ्नो बुबाको नाम समावेश गर्नु हो।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः यहोशापात, योराम, यहूदा, आहाब, इस्राएल राज्य)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ राजा २२ः४८-५०
|
||
* २ इतिहास २१ः३
|
||
* २ राजा ११ः१-३
|
||
* २ राजा १२ः१८
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3088, H3141, G24960
|