27 lines
2.1 KiB
Markdown
27 lines
2.1 KiB
Markdown
# यहोयाकीम
|
||
|
||
## परिभाषा:
|
||
|
||
यहोयाकीम एक दुष्ट राजा थिए, जसले करिब ६०८ ख्रीष्टपूर्वदेखि यहूदा राज्यमाथि शासन गर्न थाले । तिनी राजा योआशका छोरा थिए । तिनको पहिलेको नाउँ एल्याकीम थियो ।
|
||
|
||
* मिश्री फारो नेकोले एल्याकीमको नाउँ बद्लेर यहोयाकीम राखी तिनलाई यहूदाका राजा बनाएका थिए ।
|
||
* नेकोले यहोयाकीमलाई मिश्रलाई बढी करहरू तिर्न बाध्य पारे ।
|
||
* पछि राजा नबूकदनेसरद्वारा यहूदामाथि हमला हुँदा बेबिलोनमा लगिनेहरूमध्ये यहोयाकीम पनि थिए ।
|
||
* यहोयाकीम एक ईश्वरहीन राजा थिए, जसले यहूदालाई यहोवेबाट तर्काए । यर्मिया अगमवक्ताले तिनको विरुद्धमा भविष्यवाणी गरे ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )
|
||
|
||
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, एल्याकीम, यर्मिया, यहूदा, यहूदा राज्य, नबूकदनेसर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ३ः१५-१६
|
||
* २ राजा २३ः३४-३५
|
||
* २ राजा २४ः१
|
||
* दानिएल १ः२
|
||
* यर्मिया १ः३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3079
|