27 lines
1.7 KiB
Markdown
27 lines
1.7 KiB
Markdown
# याकूब (येशूका भाइ)
|
||
|
||
## परिभाषा:
|
||
|
||
याकूब मरियम र योसेफका छोरा थिए । तिनी येशूका भाइहरूमध्ये एक थिए ।
|
||
|
||
* येशूको जीवनकालमा येशू मसीह हुनुहुन्थ्यो भनी याकूब र उहाँका अन्य भाइहरूले विश्वास गरेका थिएनन् ।
|
||
* पछि, येशू मरेकाहरूबाट जीवित हुनुभएपछि याकूबले उहाँमाथि विश्वास गरे, र तिनी यरूशलेमस्थित मण्डलीको अगुवा बने ।
|
||
* याकूबले अन्य देशहरूमा बसिरहेका ख्रीष्टियानहरूलाई एउटा पत्र लेखे । त्यो पत्र बाइबलमा छ र त्यसलाई “याकूबको पत्र” भनेर चिनिन्छ ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* गलाती ०१:१८-२०
|
||
* गलाती ०२:९-१०
|
||
* याकूब ०१:१-३
|
||
* यहूदा ०१:१-२
|
||
* मत्ती १३:५४-५६
|
||
* मर्कूस ०९:१-३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G23850
|