ne_tw/bible/names/jacob.md

39 lines
6.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# याकूब, इस्राएल
## तथ्यहरूः
इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा छोराहरूमध्ये याकूब कान्छो थिए । परमेश्‍वरले उनको नाम "इस्राएल" मा परिवर्तन गर्नुभयो। उनका सन्‍तानहरू इस्राएल जाति भए ।
* याकूब इस्राएली जातिका तीन कुलपिताहरू अब्राहाम, इसहाक, र याकूबमध्‍येका अन्‍तिम हुन् । याकूबका बाह्र छोराहरू इस्राएलका बाह्र कुलहरू बने ।
* याकूबको नाउँ हिब्रू शब्‍द "कुर्कुच्‍चो"सगँ मिल्‍दोजुल्‍दो छ । याकूबको जन्‍म हुदाँ, उनले आफ्‍नो जुम्‍ल्‍याहा दाजु एसावको कुर्कुच्‍चो समातेर जन्‍मेका थिए । पुरानो करारको समयमा, कुर्कुच्‍चो आक्रमण र व्‍यक्तिको शरिरको पछाडिको भाग दुवैसगँ सम्‍बन्‍धित थियो । याकूबको हिब्रू नाउँ सम्भवतः कसैलाई पछाडिबाट आक्रमण गर्ने धारणासगँ सम्‍बन्‍धित थियो ।
* धेरै बर्षपछि, परमेश्‍वरले  याकूबको नाउँ "इस्राएल" मा परिवर्तन गर्नुभयो, जसको अर्थ "उनले परमेश्‍वरसगँ संधर्ष गर्छन्" हुन सक्‍छ ।
* याकूबले लाबानका दुई छोरीहरू लेआ र राहेल, साथै तिनीहरूका कमारीहरू जिल्‍पा र बिल्‍हासगँ विवाह गरे । यी चार महिलाहरू बाह्र छोराहरूको आमा बने जोपछि गएर इस्राएलका बाह्र कुलका पुर्खाहरू बने ।
* नयाँ करारमा, मत्तीको पुस्‍तकको वंशावलीमा योसेफको बुबाको रूपमा याकूब नाम गरेका विभिन्‍न व्‍यक्‍तिहरूको सूची दिइएका छन् ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [इस्राएल](../kt/israel.md), [इस्राएलका बाह्र कुलहरू](../other/12tribesofisrael.md), [लेआ](../names/leah.md), [राहेल](../names/rachel.md), [जिल्‍पा](../names/zilpah.md), [बिल्लाह](../names/bilhah.md), [छल गर्नु](../other/deceive.md), [एसाव](../names/esau.md), [इसहाक](../names/isaac.md), [रिबेका](../names/rebekah.md), [लाबान](../names/laban.md))
## बाइबलका सन्दर्भहरूः
* [प्रेरित ७ः११](rc://*/tn/help/act/07/11)
* [प्रेरित ७ः४६](rc://*/tn/help/act/07/46)
* [उत्पत्ति २५ः२६](rc://*/tn/help/gen/25/26)
* [उत्पत्ति २९ः१-३](rc://*/tn/help/gen/29/01)
* [उत्पत्ति ३२ः१-२](rc://*/tn/help/gen/32/01)
* [यूहन्‍ना ४ः४-५](rc://*/tn/help/jhn/04/04)
* [मत्ती ८ः११-१३](rc://*/tn/help/mat/08/11)
* [मत्ती २२ः३२](rc://*/tn/help/mat/22/32)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[७ः१](rc://*/tn/help/obs/07/01)__ केटाहरू हुर्कंदै गर्दा रिबेकाले __ याकूब__ लाई प्रेम गरिन् भने इसहाकले एसावलाई । __ याकूब__ घरमै बस्‍न मन पराउँथे भने एसाव शिकार गर्न मन पराउँथे ।
* __[७ः७](rc://*/tn/help/obs/07/07)__ __याकूब__ त्यहाँ धेरै वर्षसम्म बसे, र त्यस समय अवधिमा तिनले बिहे गरे र तिनका बाह्र जना छोरा र एक छोरी भए । परमेश्‍वरले तिनलाई ज्यादै धनी बनाउनुभयो ।
* __[७ः८](rc://*/tn/help/obs/07/08)__ कनानमा भएको आफ्नो घरबाट बिस वर्षसम्म टाढा बसेपछि __याकूब__ आफ्नो परिवार, आफ्ना नोकर-चाकरहरू र आफ्ना सबै गाइवस्तु लिएर त्यहाँ फर्के ।
* __[७ः१०](rc://*/tn/help/obs/07/10)__ परमेश्‍वरले अब्राहामसित बाँध्‍नुभएको करार र त्यसपछि इसहाकसित बाँध्‍नुभएको करार अब __याकूब__मा सर्‍यो ।
* __[८ः१](rc://*/tn/help/obs/08/01)__ धेरै वर्षपश्‍चात् जब __याकूब__ वृद्ध भइसकेका थिए, तिनले आफूले मन पराएका छोरा योसेफलाई तिनका दाजुहरूमध्ये कसरी गाइवस्तुको हेरचाह गरिरहेका थिए भनी जाँच गर्न पठाए ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3290, G23840