ne_tw/bible/names/ishmael.md

35 lines
3.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# इश्माएल
## परिभाषा:
इश्माएल अब्राहाम र मिश्री दासी हागारका छोरा थिए । पुरानो करारमा अन्य केही मानिसहरूका नाउँ पनि इश्माएल छन् ।
* “इश्माएल” नाउँको अर्थ हुन्छ‒ “परमेश्‍वरले सुन्‍नुहुन्छ ।”
* परमेश्‍वरले अब्राहामका पुत्र इश्माएललाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, तर परमेश्‍वरले आफ्नो करार स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छोरा तिनी थिएनन् ।
* हागार र इश्माएललाई मरुभूमिमा पठाइँदा परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो ।
* इश्माएल पारानको मरुभूमिमा बस्दा तिनले एक मिश्री स्‍त्रीसित बिहे गरे ।
* नतन्याहका छोरा इश्माएल यहूदाका सैनिक अफिसर थिए जसले बेबिलोनी राजा नबूकदनेसरद्वारा नियुक्‍त शासकलाई मार्न मानिसहरूको एउटा समूहलाई अगुवाइ गरे ।
* पुरानो करारमा चार जना अन्य मानिसको नाउँ पनि इश्माएल छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अब्राहाम, अब्राम, बेबिलोन, बेबिलोनी, करार, मरुभूमि, उजाड-स्थान, मिश्र, मिश्री, हागार, इसहाक, नबूकदनेसर, पारान, सारा, साराई)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास  १ः२८-३१
* २ इतिहास  २३ः१
* उत्पत्ति १६:११-१२
* उत्पत्ति २५:९-११
* उत्पत्ति २५:१३-१६
* उत्पत्ति ३७:२५-२६
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०५-०२) त्यसैले, अब्रामले हागारसित बिहे गरे । हागारले एउटा छोरो जन्माइन्, अब्रामले तिनको नाउँ इश्माएल राखे ।
* (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।”
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H3458, H3459