ne_tw/bible/names/isaiah.md

41 lines
5.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यशैया
## तथ्यहरूः
यशैया परमेश्‍वरका एक अगमवक्‍ता थिए जसले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा अगमवाणी गरे ।
* हिजकियाको शासनकालमा अश्शूरीहरूले यरूशलेममाथि आक्रमण गर्दा यशैया उक्‍त सहरमा बस्थे ।
* पुरानो करारको यशैयाको पुस्तक बाइबलका मुख्य पुस्तकहरूमध्ये एक हो ।
* यशैयाले लेखेका धेरै भविष्यवाणीहरू तिनकै जीवनकालमा पूरा भए ।
* यशैयाले मसीहको बारेमा लेखेका भविष्यवाणीहरूका निम्ति तिनी खास गरी प्रख्यात छन्, जुन भविष्यवाणीहरू ७०० वर्षपश्‍चात् येशू पृथ्वीमा जिउनुहुँदा साँचो साबित भयो ।
* मानिसहरूलाई मसीहको बारेमा सिकाउन येशू र उहाँका चेलाहरूले यशैयाका भविष्यवाणीहरूलाई उद्धृत गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हे्र्नुहोस्: [आजाह](../names/ahaz.md), [अश्‍शूर](../names/assyria.md), [ख्रीष्ट](../kt/christ.md), [हिजकिया](../names/hezekiah.md), [योताम](../names/jotham.md), [यहूदा](../names/kingdomofjudah.md), [अगमवक्ता](../kt/prophet.md), [उज्जियाह](../names/uzziah.md))
## बाइबलका सन्दर्भहरूः
* [२ राजा २०ः१-३](rc://*/tn/help/2ki/20/01)
* [प्रेरित २८ः२६](rc://*/tn/help/act/28/26)
* [यशैया १ः१](rc://*/tn/help/isa/01/01)
* [लूका ३ः४](rc://*/tn/help/luk/03/04)
* [मर्कूस १ः१](rc://*/tn/help/mrk/01/01)
* [मर्कूस ७ः६](rc://*/tn/help/mrk/07/06)
* [मत्ती ३ः३](rc://*/tn/help/mat/03/03)
* [मत्ती ४ः१४](rc://*/tn/help/mat/04/14)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२१ः९](rc://*/tn/help/obs/21/09)__ मसीहको जन्म कन्याबाट हुनेथियो भनी __यशैया__ अगमवक्‍ताले भविष्यवाणी गरे ।
* __[२१ः१०](rc://*/tn/help/obs/21/10)__ मसीह गालीलमा बस्‍नुहुने थियो; उहाँले हृदय टुटेका मानिसहरूलाई सान्त्वना दिनुहुने थियो; बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्नुहुने थियो र कैदीहरूलाई छुटकारा दिनुहुने थियो भनी __यशैया__ अगमवक्‍ताले भविष्यवाणी गरे ।
* __[२१ः११](rc://*/tn/help/obs/21/11)__ विनाकारण मसीहलाई घृणा गरिने थियो र इन्कार गरिने थियो भनेर पनि __यशैया__ अगमवक्‍ताले भविष्यवाणी गरे ।
* __[२१ः१२](rc://*/tn/help/obs/21/12)__ मानिसहरूले मसीहलाई थुक्‍ने थिए; गिल्ला गर्ने थिए र पिट्ने थिए भनी __यशैया__ले भविष्यवाणी गरे ।
* __[२६ः२](rc://*/tn/help/obs/26/02)__ तिनीहरूले उहाँ (येशू) लाई __यशैया__ अगमवक्‍ताको मुट्ठा दिए ताकि उहाँले त्यसबाट पढून् । येशूले त्यसलाई खोलेर त्यसको एउटा भाग मानिसहरूका निम्ति पढ्नुभयो ।
* __[४५ः८](rc://*/tn/help/obs/45/08)__ जब फिलिप रथको नजिक पुगे, इथियोपियालीले __यशैया__ अगमवक्‍ताले लेखेको वचन पढिरहेको तिनले सुने ।
* __[४५ः१०](rc://*/tn/help/obs/45/10)__ __यशैया__ले येशूको बारेमा लेख्दै थिए भनी फिलिपले इथियोपियालीलाई व्याख्या गरिदिए ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3470, G22680