ne_tw/bible/names/isaac.md

41 lines
5.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# इसहाक
## तथ्यहरूः
इसहाक अब्राहाम र साराका एक मात्र छोरो थिए । तिनीहरू धेरै वृद्धवृद्धा भइसकेका भए तापनि परमेश्‍वरले तिनीहरूलाई एउटा छोरो दिने प्रतिज्ञा गर्नुभएको थियो ।
* “इसहाक” नाउँको अर्थ “ऊ हाँस्छ” हुन्छ । साराले एउटा छोरो जन्माउछिन् भनी परमेश्‍वरले अब्राहामलाई बताउनुहुँदा अब्राहाम हाँसेका थिए, किनकि तिनीहरू दुवै जना निकै वृद्ध भइसकेका थिए । केही समयपश्‍चात् यो खबर सुन्दा सारा पनि हाँसिन् ।
* तर परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो, अनि अब्राहाम र साराले आफ्नो बुढेस्कालमा इसहाक जन्माए ।
* परमेश्‍वरले अब्राहामसँग बाँध्‍नुभएको करार इसहाक र तिनका सन्तानहरूका निम्ति पनि सदासर्वदा रहनेछ भनी परमेश्‍वरले अब्राहामलाई बताउनुभयो ।
* इसहाक जवान भएपछि तिनको बलिदान गर्न आज्ञा गरेर परमेश्‍वरले अब्राहामको विश्‍वासको जाँच गर्नुभयो ।
* इसहाकका छोरा याकूबका बाह्र जना छोरा थिए, जोपछि इस्राएल जातिका बाह्र कुल बने ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [अब्राहाम](../names/abraham.md), [सन्तान](../other/descendant.md), [अनन्तता](../kt/eternity.md), [पूरा हुनु](../kt/fulfill.md), [याकूब](../names/jacob.md), [सारा](../names/sarah.md), [इस्राएलका बाह्र कुल](../other/12tribesofisrael.md))
## बाइबलका सन्दर्भहरूः
* [गलाती ४ः२८-२९](rc://*/tn/help/gal/04/28)
* [उत्पत्ति २५ः९-११](rc://*/tn/help/gen/25/09)
* [उत्पत्ति २५ः१९](rc://*/tn/help/gen/25/19)
* [उत्पत्ति २६ः१](rc://*/tn/help/gen/26/01)
* [उत्पत्ति २६ः८](rc://*/tn/help/gen/26/08)
* [उत्पत्ति २८ः१-२](rc://*/tn/help/gen/28/01)
* [उत्पत्ति ३१ः१८](rc://*/tn/help/gen/31/18)
* [मत्ती ८ः११-१३](rc://*/tn/help/mat/08/11)
* [मत्ती २२ः३२](rc://*/tn/help/mat/22/32)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[५ः४](rc://*/tn/help/obs/05/04)__ “तिम्री पत्‍नी साराईले एउटा छोरा जन्माउनेछिन्, जो प्रतिज्ञाको छोरा हुने छ । तिनको नाउँ __इसहाक__ राख्‍नू ।”
* __[५ः६](rc://*/tn/help/obs/05/06)__ __इसहाक__ जवान भएपछि परमेश्‍वरले यसो भन्दै अब्राहामको जाँच गर्नुभयो, “तिम्रा एक मात्र छोरा __इसहाक__लाई लिएर जाऊ र तिनलाई मेरो निम्ति बलिदानस्वरूप चढाऊ ।”
* __[५ः९](rc://*/tn/help/obs/05/09)__ परमेश्‍वरले __इसहाक__को सट्टामा बलिदानको लागि भेडा उपलब्ध गराउनुभयो ।
* __[६ः१](rc://*/tn/help/obs/06/01)__ अब्राहाम निकै वृद्ध भएपछि र उनका छोरा __इसहाक__ जवान भएपछि अब्राहामका पुत्र __इसहाक__को निम्ति पत्‍नी खोज्‍न तिनले आफ्नो एक जना नोकरलाई आफ्ना आफन्तहरू बसेको देशमा पठाए ।
* __[६ः५](rc://*/tn/help/obs/06/05)__ __इसहाक__ले रिबेकाको निम्ति प्रार्थना गरे, र परमेश्‍वरले उनलाई जुम्ल्याहासहित गर्भवती बन्‍ने तुल्याउनुभयो ।
* __[७ः१०](rc://*/tn/help/obs/07/10)__ त्यसपछि __इसहाक__ मरे, अनि याकूब र एसावले तिनलाई गाडे । परमेश्‍वरले अब्राहाम अनि त्यसपछि __इसहाक__सित गर्नुभएका प्रतिज्ञाहरू अब याकूबमा सरे ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H3327, H3446, G24640