25 lines
2.0 KiB
Markdown
25 lines
2.0 KiB
Markdown
# आइकोनियन
|
||
|
||
## परिभाषा:
|
||
|
||
आइकोनियन वर्तमान टर्की देशको दक्षिणी भागको मध्यमा अवस्थित सहर थियो ।
|
||
|
||
* पावलको पहिलो सुसमाचारीय यात्रामा यहूदीहरूले पावल र बारनाबासलाई एन्टिओखिया सहर छाड्न जबरजस्ती गरेपछि तिनीहरू आइकोनियनमा गए ।
|
||
* त्यसपछि विश्वास नगर्ने यहूदीहरू र गैरयहूदीहरूले आइकोनियनमा पनि पावल र तिनका सहकर्मीहरूलाई ढुङ्गाले हान्ने योजना बनाए, तर तिनीहरू नजिकैको लुस्त्रा सहरमा भागेर गए ।
|
||
* त्यसपछि एन्टिओखिया र आइकोनियन दुवै सहरका मानिसहरू लुस्त्रामा आई तिनीहरूले पावललाई ढुङ्गाले हान्न मानिसहरूलाई उक्साए ।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः एन्टिओखिया, बारनाबास, लुस्त्रा, ढुङ्गा, ढुङ्गाले हान्नु)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ तिमोथी ०३:१०-१३
|
||
* प्रेरित १४:१-२
|
||
* प्रेरित १४:१९-२०
|
||
* प्रेरित १६ः१-३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: G24300
|