ne_tw/bible/names/horeb.md

27 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# होरेब
## परिभाषा:
होरेब पर्वत सीनै पर्वतको अर्को नाउँ हो, जहाँ परमेश्‍वरले मोशालाई दस आज्ञा लेखिएका शिला पाटीहरू दिनुभयो ।
* होरेब पर्वतलाई “परमेश्‍वरको पर्वत” भनिएको छ ।
* मोशाले भेडाहरू चराइरहँदा जलिरहेको पोथ्रा देखेको ठाउँ होरेब नै थियो ।
* परमेश्‍वरले इस्राएलीहरूलाई आफ्ना करारहरू प्रकट गराउनुभएको र आफ्ना आज्ञाहरू लेखिएका शिला पाटीहरू तिनीहरूलाई दिनुभएको ठाउँ पनि होरेब नै थियो ।
* इस्राएलीहरू मरुभूमिमा भौँतारिदा तिनीहरूलाई पानी उपलब्ध गराउन परमेश्‍वरले मोशालाई चट्टानमा हिर्काउनू भनी आज्ञा दिनुभएको ठाउँ यही नै थियो ।
* यो पर्वतको वास्तविक स्थान अज्ञात छ, तर यो ठाउँ हाल सीनै प्रायद्वीप भनेर चिनिने वर्तमान क्षेत्रको दक्षिणमा भएको हुन सक्छ ।
* सम्भवतः “होरेब” पर्वतको वास्तविक नाउँ थियो, र “सीनै पर्वत” को अर्थचाहिँ “सीनैको पर्वत” हो र यसले सीनै मरुभूमिमा पवर्तको अवस्थितिलाई जनाउँछ ।
(हेर्नुहोस्ः करार, इस्राएल, मोशा, सीनै, आज्ञाहरू)
## बाइबलका सन्दर्भहरूः
* १ राजा ८ः९-११
* २ इतिहास ५ः९-१०
* व्‍यवस्‍था १ः२
* प्रस्थान ०३:१-३
* भजनसंग्रह १०६ः१९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2722