25 lines
2.5 KiB
Markdown
25 lines
2.5 KiB
Markdown
# हिजकिया
|
||
|
||
## परिभाषा:
|
||
|
||
हिजकिया यहूदा राज्यका तेर्हौँ राजा थिए । तिनी परमेश्वरमाथि भरोसा गर्ने र उहाँप्रति आज्ञाकारी हुने राजा थिए ।
|
||
|
||
* आफ्ना दुष्ट पिता राजा आहाजको विपरीत राजा हिजकिया असल राजा थिए, जसले यहूदियामा भएका सबै मूर्तिपूजा गर्ने स्थानहरूलाई नष्ट पारे ।
|
||
* एक पटक हिजकिया बिरामी परेर मर्नै लाग्दा तिनले आफ्नो जीवन बचाइदिनुहोस् भनी परमेश्वरलाई इमान्दारीपूर्वक बिन्ती गरे । परमेश्वरले तिनलाई चङ्गाइ दिनुभयो, र तिनलाई थप १५ वर्ष बाँच्ने अनुमति दिनुभयो ।
|
||
* यो हुने नै थियो भन्ने चिन्हको रूपमा परमेश्वरले एउटा आश्चर्यकर्म गर्नुभयो, र समयलाई पछाडि सारिदिनुभयो ।
|
||
* हिजकियाका मानिसहरूमाथि आक्रमण गर्ने अश्शूरका राजा सनहेरीबबाट तिनीहरूलाई बचाइदिनुहोस् भन्ने हिजकियाको प्रार्थनालाई पनि परमेश्वरले सुन्नुभयो ।
|
||
|
||
(हेर्नुहोस्ः आहाज, अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य, मूर्ति, मूर्तिपूजक, यहूदा, सनहेरीब)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास ३ः१३-१४
|
||
* २ राजा १६ः१९-२०
|
||
* होशे १ः१
|
||
* मत्ती १ः९-११
|
||
* हितोपदेश २५ः१-३
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H2396, H3169, G14780
|