ne_tw/bible/names/herodthegreat.md

28 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हेरोद महान्
## तथ्यहरूः
येशू जन्मनुहुँदा हेरोद महान्‌ले यहूदियामा शासन गरिरहेका थिए । रोमी साम्राज्यहरूका प्रान्तहरूमाथि शासन गर्ने केही एदोमी शासकहरूमध्ये उनी पहिलो थिए ।
* तिनका पुर्खाहरू यहूदी भए र तिनी यहूदीको रूपमा हुर्के ।
* कैसर अगस्टसले तिनलाई "राजा हेरोद" भने तथापि तिनी साँचो राजा थिएनन् । तिनले यहूदियामा भएका यहूदीहरूमाथि ३३ वर्ष शासन गरे ।
* यरूशलेमस्थित यहूदी मन्दिरको पुनर्निर्माणलगायत सुन्दर भवनहरूको निर्माणका निम्ति हेरोद महान् प्रख्यात थिए ।
* यी हेरोद अति क्रूर थिए, र तिनले धेरै मानिसहरूको हत्या गर्न लगाएका थिए । बेथलेहेममा "यहूदीहरूका राजा" जन्मेका थिए भनी सुनेपछि तिनले त्यस सहरका सबै बालकहरूको हत्या गर्न लगाए ।
* तिनका छोराहरू हेरोद एन्टिपास र हेरोद फिलिप अनि तिनको नाति हेरोद अग्रिपा पनि यहूदियाका शासकहरू बने । तिनका पनाति हेरोद अग्रिपा द्वितीय (जसलाई “हेरोद अग्रिपा” भनिएको छ) ले पनि यहूदियाको सारा क्षेत्रमाथि शासन गरे ।
(हेर्नुहोस् [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [हेरोद एन्टिपास](../names/herodantipas.md), [यहूदिया](../names/judea.md), [राजा](../other/king.md), [मन्दिर](../kt/temple.md))
## बाइबलका सन्दर्भहरूः
* [मत्ती २ः३](rc://*/tn/help/mat/02/03)
* [मत्ती २ः१२](rc://*/tn/help/mat/02/12)
* [मत्ती २ः१६](rc://*/tn/help/mat/02/16)
* [मत्ती २ः२०](rc://*/tn/help/mat/02/20)
* [मत्ती २ः२२](rc://*/tn/help/mat/02/22)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G22640