ne_tw/bible/names/hananiah.md

29 lines
2.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हननिया
## परिभाषा:
पुरानो करारमा केही मानिसहरूका नाउँ हननिया थियो ।
* बेबिलोनमा बन्दी बनाइएका इस्राएलका एक जना हननिया थिए, जसको नाउँ “शद्रक” मा परिवर्तन गरियो ।
* तिनका उत्कृष्‍ट चरित्र र क्षमताहरूको कारणले तिनलाई दरबारमा काम गर्ने सेवकको ओहोदा प्रदान गरियो ।
* एक पटक हननिया (शद्रक) र अन्य दुई जना इस्राएली जवान आगोको भट्टीमा फ्याँकिए, किनभने तिनीहरूले बेबिलानी राजाको पुजा गर्न इन्कार गरेका थिए । तिनीहरूलाई हानि हुनदेखि सुरक्षा दिएर परमेश्‍वरले आफ्नो शक्ति देखाउनुभयो ।
* हननिया नाउँ गरेका अर्का मानिस राजा सोलोमनको सन्तानको रूपमा सूचीकृत छन् ।
* अर्को हननिया पनि थियो, जो यर्मिया अगमवक्ताको समयमा झुटो अगमवक्ता थियो ।
* हननिया नाउँ गरेका अर्का व्‍यक्‍ति पूजाहारी थिए, जसले नहेम्याहको समयमा उत्सवको अगुवाइ गर्न मदत पुर्‍याए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः अजर्याह, बेबिलोन, बेबिलोनी, दानिएल, झुटो अगमवक्ता, यर्मिया, मिशाएल)
## बाइबलका सन्दर्भहरूः
* दानिएल ०१:६-७
* दानिएल २ः१७-१८
* यर्मिया २८ः१
* यर्मिया २८ः५-७
* यर्मिया २८ः१५-१७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2608