ne_tw/bible/names/hamath.md

28 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# हमात, लेबो हमात, हमातीहरू
## परिभाषा:
हमात कनान देशको उत्तरमा अवस्थित सिरियाको उत्तरपट्टि पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । हमातीहरू नोआका छोरा कनानका सन्तानहरू थिए ।
* “लेबो हमात” ले सम्भवतः हमात सहरको नजिकै भएर जाने पर्वतलाई जनाउँछ ।
* केही संस्करणहरूले “लेबो हमात” लाई “हमातको लागि प्रवेश” भनी अनुवाद गर्छन् ।
* राजा दाऊदले हमातका राजा तोऊका शत्रुहरूलाई पराजित गरे, जसले तिनीहरूको सम्बन्ध निर्माणमा भूमिका खेल्यो ।
* हमात सोलोमनको एउटा भण्डारण गर्ने सहर थियो, जहाँ खाद्य पदार्थहरू राखिन्थे ।
* हमात देशमा नै राजा नबूकदनेसरद्वारा राजा सिदकियाहको हत्या गरिएको थियो र मिश्री फारोद्वारा राजा यहोआहाजलाई समातिएको थियो ।
* “हमातीहरू” भन्‍ने शब्दलाई “हमातका मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, कनान, कनानी, नबूकदनेसर, सिरिया, सिदकिया)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास १८ः३-४
* २ शामूएल ८ः९
* आमोस ६ः१-२
* इजकिएल ४७ः१५-१७
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2574, H2577