ne_tw/bible/names/greek.md

2.6 KiB

ग्रिक, ग्रिसेली

परिभाषा:

नयाँ करारको समयमा ग्रिक ग्रिस र पुरै रोमी साम्राज्यभरि बोलिने भाषा थियो । “ग्रिसेली” शब्दको अर्थ हुन्छ, “ग्रिक बोल्ने ।”

  • रोमी साम्राज्‍यका अधिकांश गैर-यहूदी मानसिहरूले ग्रीक भाषा बोल्‍ने भएकोले, अन्‍यजातिहरूलाई नयाँ करारमा "ग्रीकहरू" भनेर चिनिन्‍छ, विशेषगरी यहूदीहरूको विपरित भनेर बुझ्‍‍न सकिन्‍छ।
  • वाक्‍यांश "ग्रीसीयन यहूदीहरू" वा "हेलेनिस्‍टहरू" ले ग्रीक बोल्‍ने यहूदीहरूलाई सङ्केत गर्छ जसको विपरीत "हिब्रू यहूदीहरू" हुन् जसले केवल हिब्रू वा सायद आरामीक भाषा बोल्‍दछन्। "हेलेनिस्‍ट" शब्‍द ग्रीक शब्द‍को उच्‍चारणबाट आएको हो।
  • “ग्रिसेली” लाई “ग्रिक बोल्ने” वा “सांस्कृतिक रूपमा ग्रिक” वा “ग्रिक” भनेर अनुवाद गर्न सकिन्छ ।
  • गैर-यहूदीहरूलाई उल्‍लेख गर्दा, "ग्रीक" लाई "अन्‍यजाति" भनेर अनुवाद गर्न सकिन्‍छ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आराम, अन्‍यजाति, ग्रीस, हिब्रू, रोम)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ६ः१
  • प्रेरित ९ः२९
  • प्रेरित ११ः२०
  • प्रेरित १४ः१-२
  • कलस्‍सी ३ः११
  • गलाती २ः३-५
  • यूहन्‍ना ७ः३५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3125, G16720, G16730, G16740, G16750, G16760