28 lines
2.2 KiB
Markdown
28 lines
2.2 KiB
Markdown
# गमोरा
|
||
|
||
## परिभाषा:
|
||
|
||
गमोरा सदोम नजिकै पर्ने प्रशस्त उब्जाउ हुने बेँसीमा अवस्थित एउटा सहर थियो, जहाँ अब्राहामका भतिजो लोतले बस्ने छनौट गरे ।
|
||
|
||
* गमोरा र सदोमको वास्तविक स्थान अज्ञात छ, तर यी सहरहरू सिद्दीमको बेँसी नजिकै पर्ने खारा समुद्रको सिधै दक्षिणपट्टि अवस्थित थिए कि भन्ने सङ्केतहरू छन् ।
|
||
* सदोम र गमोरा अवस्थित क्षेत्रहरूमा धेरै राजाहरू युद्धमा होमिएका थिए ।
|
||
* सदोम र अन्य सहरहरूको लडाइँ हुँदा लोतको परिवार कैदी बनाइएर लगिएपछि अब्राहाम र तिनका मानिसहरूले तिनीहरूलाई छुटकारा दिए ।
|
||
* त्यसको केही समय पनि बित्न नपाउँदै, सदोम र गमोरामा बस्ने मानिसहरूको दुष्टताको कारणले परमेश्वरले ती सहरहरूलाई नष्ट गर्नुभयो ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः अब्राहाम, बेबिलोन, लोत, नूनको सागर, सदोम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* २ पत्रुस २ः६
|
||
* उत्पत्ति १०ः१९
|
||
* उत्पत्ति १४ः१-२
|
||
* उत्पत्ति १८ः२१
|
||
* यशैया १ः९
|
||
* मत्ती १०ः१५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H6017
|