ne_tw/bible/names/golgotha.md

24 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गलगथा
## परिभाषा:
“गलगथा” एउटा ठाउँको नाउँ हो, जहाँ येशूलाई क्रुसमा टाँगिएको थियो । आरमेइक शब्दबाट व्युत्पन्‍न भएको यस शब्दको अर्थ हुन्छ, “खप्पर” वा “खप्परे स्थान ।”
* गलगथा यरूशलेम सहरको बाहिरपट्टि नजिकै कतै अवस्थित थियो । सायद, यो जैतून पर्वतको भिरमा पथ्र्यो ।
* बाइबलका केही पुराना संस्करणहरूमा गलगथालाई “कलवरी” भनी अनुवाद गरिएको छ, जुन “खप्पर” को लागि प्रयोग गरिएको ल्याटिन शब्दबाट आउँछ ।
* धेरै बाइबल संस्करणहरूले “गलगथा” जस्तै देखिने वा उच्‍चारणमा यसको जस्तै ध्वनि आउने शब्दको प्रयोग गर्छन्, किनकि बाइबलकै पाठ्यांशमा यसको अर्थलाई पहिले नै व्याख्या गरिएको छ । बाइबलका नाउँहरूलाई कसरी अनुवाद गर्ने भन्‍ने बारेमा तलको लिङ्कमा जानुस् ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः आराम, जैतुनको डाडाँ)
## बाइबलका सन्दर्भहरूः
* यूहन्‍ना १९ः१७
* मर्कुस १५ः२२
* मत्ति २७ः३३
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G11150