ne_tw/bible/names/gideon.md

37 lines
4.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गिदोन
## परिभाषा:
गिदोन इस्राएलका मानिस थिए । इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटकारा दिन परमेश्‍वरले तिनलाई खडा गर्नुभयो ।
* गिदोन बाँचेको समयमा मिद्यानीहरू भनेर चिनिने जातिले इस्राएलीहरूमाथि आक्रमण गरिरहे, र तिनीहरूले उनीहरूका फसलहरू नष्‍ट पारिरहे ।
* गिदोन डराए तापनि मिद्यानीहरूसित लडाइँ गरी तिनीहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई इस्राएलीहरूको अगुवाको रूपमा प्रयोग गर्नुभयो ।
* झुटा देवताहरू बाल र अशेराका वेदीहरू भत्काएर पनि गिदोनले परमेश्‍वरको आज्ञा माने ।
* गिदोनले इस्राएलीहरूका शत्रुहरूलाई पराजित गर्न तिनले आफ्ना मानिसहरूलाई अगुवाइ मात्र गरेनन्, तर एक मात्र साँचो परमेश्‍वर यहोवेको आज्ञा पालन गर्न र उहाँको आराधना गर्न तिनीहरूलाई उत्साह दिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बाल, अशेरा, उद्धार, मिधान, यहोवा)
## बाइबलका सन्दर्भहरूः
* हिब्रू ११ः३२-३४
* न्‍यायकर्ता ६ः११
* न्‍यायकर्ता ६ः२३
* न्‍यायकर्ता  ८ः१७
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* **१६ः५ परमप्रभूका दूत गिदोन कहाँ आए र भने, "हे शक्‍तिशाली योद्धा, परमेश्‍वर तिमीसगँ हुनुहुन्‍छ।" जाऊँ र इस्राएललाई मिधानीहरूबाट बचाऊँ।**
* १६ः६ गिदोनला बुबाको एउटा मूर्तिलाई समर्पित गरेको वेदी थियो। परमेश्‍वरले गिदोनलाई त्‍यो वेदी भत्‍काउन भन्‍नुभयो।
* १६ः८ तिनीहरू (मिधानीहरू) यति धेरै थिए कि तिनीहरूको गणना गर्न सकिँदैन थियो।
* १६ः८ गिदोनले इस्राएलीहरूलाई तिनीहरूसगँ लड्न एकसाथ बोलाए। गिदोनले परमेश्‍वरलाई दुईवटा चिन्‍हहरू मागेका थिए ताकि परमेश्‍वरले उनलाई इस्राएललाई बचाउन प्रयोग गर्नुहुनेछ भन्‍ने कुरा निष्‍चित हुन सकोस्।
* १६ः१० ३२००० इस्राएली सिपाहिहरू गिदोनमा आए, तर परमेश्‍वरले उनिहरूलाई भन्‍नुभयो कि यो धेरै सिपाहिहरू भए।
* १६ः१२ तब गिदोन आफ्‍ना सिपाहिहरूकहाँ फर्के र तिनीहरू प्रत्‍यकलाई एउटा सिङ, माटोको भाँडो र एउटा मशाल दिए।
* १६ः१५ मानिसहरू गिदोनलाई आफ्‍नो राजा बनाउन चाहन्‍थे।
* १६ः१६ त्‍यसपछि गिदोनले सुन प्रधान पूजहारीले लगाउने जस्‍तै विशेष लुगा बनाउन प्रयोग गरे। तर मानिसहरूले त्यसलाई मूर्ति जस्‍तै पूज्‍न थाले।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1439, H1441