ne_tw/bible/names/gibeon.md

29 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गिबोन, गिबोनी
## परिभाषा:
गिबोन यरूशलेमदेखि करिब १३ किलोमिटर उत्तर-पश्‍चिममा अवस्थित एउटा सहर थियो । गिबोनमा बस्‍ने मानिसहरूलाई गिबोनीहरू भनिन्थ्यो ।
* इस्राएलीहरूले कसरी यरीहो र ऐ सहरहरूलाई नष्‍ट पारे भनी गिबोनीहरूले सुनेपछि तिनीहरू भयभीत भए ।
* तसर्थ, गिबोनीहरू गिलगालमा इस्राएलका अगुवाहरूकहाँ आए, र तिनीहरूले धेरै टाढाको देशबाट आएका मानिसहरू भएको अभिनय गरे ।
* इस्राएलका अगुवाहरू छलमा परे, र तिनीहरूले गिबोनीहरूको सुरक्षा दिई तिनीहरूलाई नष्‍ट नगर्ने सहमति जनाए ।
(हेर्नुहोस्ः गिलगाल, यरिहो, यरूशलेम)
## बाइबलका सन्दर्भहरूः
* १ इतिहास ८ः२९
* १ राजा ३ः४-५
* २ शामूएल २ः१२-१३
* यहोशू ९ः३-५
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १५ः६ तर गिबोनी भनिने कनाकी मानिसहरूको एउटा समूहले यहोशूलाई झुटो बोल्‍यो र भन्‍यो कि तिनीहरू कनानबाट टाढाको भएको ठाउँबाट आएका थिए।
* १५ः७ केहि समय पछि, कनानका अर्को मानिसहरूको समूहको राजाहरू, एमोरीहरूले, गिबोनीहरूले इस्राएलीहरूसगँ शान्‍तिको सन्‍धि गरेको सुने, त्‍यसैले तिनीहरूले आफ्‍ना सेनाहरूलाई एउट ठूलो सेना बनाएर गिबोनीमाथि आक्रमण गरे।
* १५ः८ यसकारण यहोशूले इस्राएली सेनाहरू जम्‍मा गरे र तिनीहरू गिबोनीहरूसम्‍म पुग्‍न रातभरि हिडेँ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H1391, H1393