21 lines
1.5 KiB
Markdown
21 lines
1.5 KiB
Markdown
# गशूर
|
||
|
||
## परिभाषा:
|
||
|
||
राजा दाऊदको समयमा गशूर एउटा सानो राज्य थियो, जुन गालील समुद्रको पूर्वपट्टि, इस्राएल र अराम देशहरूका बिचमा अवस्थित थियो ।
|
||
|
||
* राजा दाऊदले गशूरका राजाकी छोरी माकासित बिहे गरे, र उनले दाऊदको निम्ति छोरो अब्शालोमलाई जन्माइन् ।
|
||
* आफ्ना सौतेला भाइ अमनोनको हत्या गरेपछि, अब्शालोम यरूशलेमबाट उत्तर-पूर्वमा पर्ने गशूरमा भागेर गए । यो ठाउँ यरूशलेमदेखि ८८ माइल टाढा थियो । अब्शालोम तिन वर्षसम्म त्यहीँ बसे ।
|
||
|
||
(हेर्नुहोस्ः अभ्शालोम, अम्नोन, अराम, गालील सागर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास २ः२३
|
||
* २ शामूएल ३ः२-३
|
||
* व्यवस्था १२ः३-५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1650
|