ne_tw/bible/names/gaza.md

27 lines
2.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गाजा
## परिभाषा:
बाइबलको समयमा गाजा एउटा समृद्ध पलिश्ती सहर थियो । भूमध्य सागरको तटमा अवस्थित यो सहर अश्दोदबाट ३८ किलोमिटर दक्षिणमा पथ्र्यो । यो पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एक थियो ।
* यसको अवस्थितिको कारणले गाजा एउटा मुख्य बन्दरगाह थियो, जहाँ धेरै विभिन्‍न किसिमका जातिहरू र राज्यहरूका बिचमा व्यापारिक गतिविधिहरू हुन्थे ।
* आज यो सहर गाजा स्ट्रिपमा एउटा अझै पनि महत्त्वपूर्ण बन्दरगाह हो । गाजा स्ट्रिप भूमध्य सागरको तटमा अवस्थित क्षेत्र हो जसको उत्तर र पूर्वमा इस्राएल पर्छ भने दक्षिणमा मिश्र ।
* पलिश्तीहरूले शिमशोनलाई पक्रेपछि तिनीहरूले तिनलाई गाजा सहरमा नै लगेका थिए ।
* सुसमाचार प्रचारक फिलिपले इथियोपियाली नपुंसकलाई भेट्दा तिनी मरुभूमिको बाटो हुँदै गाजा गएका थिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः  अश्‍दोद, फिलिप, पलिश्‍ती, कूश, गात)
## बाइबलका सन्दर्भहरूः
* १ राजा ४ः २४-२५
* प्रेरित ८ः२६
* उत्‍पत्ति १०ः१९
* यहोशू १०ः४०-४१
* न्‍यायकर्ताहरू ६ः३-४
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H5804, H5841, G10480