ne_tw/bible/names/galilee.md

35 lines
3.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गालील, गालीली
## तथ्यहरू:
गालील इस्राएलको सुदूर उत्तरी क्षेत्र र सामरियाको उत्तरमा थियो । गालीलीचाहिँ गालीलमा बसोबास गर्ने व्‍यक्‍ति थियो ।
* नयाँ करारको समयमा गालील, सामरिया र यहूदिया इस्राएलका तीन वटा मुख्य प्रान्तहरू थिए ।
* गालीलको पूर्वपट्टि “गालील समुद्र” भनेर चिनिने ठुलो ताल थियो ।
* येशू गालीलको नासरत नगरमा हुर्कनुभयो, र उहाँ त्यहीँ बस्‍नुहुन्थ्यो ।
* येशूका अधिकांश आश्‍चर्यकर्महरू र शिक्षाहरू गालील क्षेत्रमा भए ।
(यो पनि हेर्नुहोस्: [नासरत](../names/nazareth.md), [सामरिया](../names/samaria.md), [गालील समुद्र](../names/seaofgalilee.md))
## बाइबलका सन्दर्भहरूः
* [प्रेरित ९ः३२](rc://*/tn/help/act/09/32)
* [प्रेरित १३ः३१](rc://*/tn/help/act/13/31)
* [यूहन्‍ना २ः१-२](rc://*/tn/help/jhn/02/01)
* [यूहन्‍ना ४ः३](rc://*/tn/help/jhn/04/03)
* [लूका १३ः३](rc://*/tn/help/luk/13/03)
* [मर्कूस ३ः७](rc://*/tn/help/mrk/03/07)
* [मत्ती २ः२२-२३](rc://*/tn/help/mat/02/22)
* [मत्ती ३ः१३-१५](rc://*/tn/help/mat/03/13)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२१ः१०](rc://*/tn/help/obs/21/10)__ अगमवक्‍ता यशैयाले मसीह __गालील__मा बस्‍नुहुनेछ, टुटेको हृदय भएका मानसिहरूलाई सान्‍त्‍वना दिनुहुनेछ, र बन्दीहरूलाई स्‍वतन्‍त्रता र कैदीहरूलाई छुट्काराको घोषणा गर्नुहुन्‍छ भनी अगमवाणी गरे ।
* __[२६ः१](rc://*/tn/help/obs/26/01)__ शैतानको परिक्षामाथि वजयी भएर येशू पवित्र आत्‍माको शक्‍तिमा __गालील__को क्षेत्रमा फर्कनुभयो उहाँ त्यहीँ बस्‍नुभयो ।
* __[३९ः६](rc://*/tn/help/obs/39/06)__ अन्‍तमा, मानिसहरूले भने, "हामीलाई थाहा छ, तिमीहरू येशूसँग थियौ, किनभने तिमीहरू दुवै __गालील__का हौ ।"
* __[४१ः६](rc://*/tn/help/obs/41/06)__ तब स्‍वर्गदूतले स्‍त्रीहरूलाई भने, "जाओ र चेलाहरूलाई भन, येशू मृत्‍युबाट जीवित हुनुभएको छ र उहाँ तिनीहरूका अघी अघि __गालील__मा जानुहुने छ ।"
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H1551, G10560, G10570