ne_tw/bible/names/gabriel.md

26 lines
3.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# गब्रिएल
## तथ्यहरू:
गब्रिएल परमेश्‍वरका स्वर्गदूतहरूमध्ये एउटाको नाउँ हो । पुरानो र नयाँ करार दुवैमा तिनको नाउँ केही पटक उल्लेख भएको पाइन्छ ।
* दानिएलले देखेको दर्शनको अर्थ बताउन परमेश्‍वरले गब्रिएललाई तिनीकहाँ पठाउनुभयो ।
* अर्को पल्ट, दानिएलले प्रार्थना गरिरहँदा, गब्रिएल स्वर्गदूत तिनीकहाँ उडेर आए, र तिनले भविष्यमा हुने कुराबारे भविष्यवाणी गरे । दानिएलले तिनलाई “मानिस” भनी उल्लेख गरेका छन् ।
* नयाँ करारमा जकरियाकी वृद्धा पत्‍नी एलिशीबाले यूहन्‍ना नाउँ गरेको छोरो जन्माउने थिइन् भनी भविष्यवाणी गर्न गब्रिएल जकरियाकहाँ आए भनी उल्लेख गरेको पाइन्छ ।
* त्यसको छ महिनापश्‍चात् परमेश्‍वरले मरियमलाई बालक गर्भधारण गर्न सक्षम तुल्याउनुहुनेछ, जो परमेश्‍वरको पुत्र हुनुहुनेछ भनी बताउन गब्रिएललाई मरियमकहाँ पठाइन्छ । तिनको नाउँ “येशू” राख्‍नू भनी गब्रिएलले मरियमलाई भने ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [स्वर्गदूत](../kt/angel.md), [दानिएल](../names/daniel.md), [एलिशीबा](../names/elizabeth.md), [ (बप्‍तिस्मा दिने) यूहन्‍ना](../names/johnthebaptist.md), [मरियम](../names/mary.md), [अगमवक्ता](../kt/prophet.md), [परमेश्‍वरको पुत्र](../kt/sonofgod.md), [जकरिा (न.का)](../names/zechariahnt.md))
## बाइबलका सन्दर्भहरूः
* [दानिएल ८ः१५-१७](rc://*/tn/help/dan/08/15)
* [दानिएल ९ः२१](rc://*/tn/help/dan/09/21)
* [लूका १ः१९](rc://*/tn/help/luk/01/19)
* [लूका १ः२६](rc://*/tn/help/luk/01/26)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H1403, G10430