25 lines
2.2 KiB
Markdown
25 lines
2.2 KiB
Markdown
# एज्रा
|
||
|
||
## परिभाषा:
|
||
|
||
एज्रा इस्राएली पूजाहारी थिए र यहूदी व्यवस्थाका ज्ञाता थिए । उनले इस्राएलीहरू बेबिलोनबाट ७० वर्षको कैदपछि यरूशलेम फर्केको इतिहास लेखेका थिए ।
|
||
|
||
* एज्राले इतिहासको यो खण्डलाई बाइबलको पुस्तक एज्रामा समेटे । नहेम्याहको पुस्तक पनि उनैले लेखेका हुन सक्छन् किनकि यी पुस्तकहरू पहिले एउटै पुस्तक थिए ।
|
||
* एज्राले यरूशलेम फर्केपछि व्यवस्थाको पुनर्स्थापना गरे, किनकि इस्राएलीहरूले विश्रामको दिन मान्न छाडेका थिए र मूर्तिपूजा गर्ने स्त्रीहरूसँग विवाह गरेका थिए ।
|
||
* उनले बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गर्दा नष्ट गरेको मन्दिर पुनर्निर्माण गर्न सहयोग गरे ।
|
||
* पुरानो करारमा एज्रा नाम गरेका अन्य दुई जना मानिसहरू छन् ।
|
||
|
||
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः बेबिलोन निर्वासन, यरूशलेम, व्यवस्था, नहेम्याह, मन्दिर)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* एज्रा ७ः६
|
||
* नहेम्याह ८ः१-३
|
||
* नहेम्याह १२ः१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H0250, H5830, H5831
|