ne_tw/bible/names/esther.md

27 lines
2.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एस्तर
## परिभाषा:
एस्तर यहूदी स्‍त्री थिइन् जो यहूदीहरू बेबिलोनमा कैद भएर लागिएको बेलामा फारसी राज्यकी रानी बनेकी थिइन् । "एस्‍तर" उनको फारसी नाम थियो, र उनको हिब्रू नाम "हदस्‍सा" थियो।
* एस्तरको पुस्तकले एस्तर कसरी फारसका राजा अहासूरसकी रानी बनिन् र परमेश्‍वरले कसरी यहूदीहरूलाई बचाउनको लागि उनको प्रयोग गर्नुभयो भन्‍नेकुरा बताउँछ ।
* एस्तर टुहुरी थिइन्, जसलाई मोर्दकै नाम गरेका एक धार्मिक र नातामा दाजु पर्ने व्‍यक्‍तिले हुर्काएका थिए ।
* आफूलाई धर्मपुत्रीको रुपमा हुर्काउने पिता प्रतिको आज्ञा पालनले उनलाई परमेश्‍वार प्रति आज्ञाकारी बनायो ।
* एस्तरले परमेश्‍वरको आज्ञा पालन गरिन् र यहूदीहरूलाई बचाउनको निम्ति आफ्नो जीवन नै जोखिममा हालिन् ।
* एस्तरको कथाले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि कसरी इतिहासका घटनाहरूलाई नियन्‍त्रण गर्नुहुन्छ र उहाँको आज्ञा पालन गर्नेको जीवनमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बताउँछ ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः अहासूरस, मोर्दकै, फारसी)
## बाइबलका सन्दर्भहरूः
* एस्तर २ः७
* एस्तर २ः१५
* एस्तर ७ः१
* एस्तर ८ः२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0635