ne_tw/bible/names/elijah.md

40 lines
5.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# एलिया
## तथ्यहरूः
एलिया परमप्रभुका धेरै महत्त्वपूर्ण अगमवक्ताहरूमध्ये एक थिए । एलियाले आहाब लगायत इस्राएल र यहूदाका केही राजाहरू शासनकालमा भविष्यवाणी गरे ।
* परमेश्‍वरले एलियाद्वारा मृत केटालाई जीवित पार्ने लगायतका धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
* बाल देवाताको पूजा गरेकोमा एलियाले आहाबलाई हप्काए ।
* परमप्रभु मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी साबित गर्ने एउटा जाँचको निम्ति एलियाले बालका अगमवक्ताहरूलाई चुनौती दिए ।
* एलियाको जीवनको अन्तिम समयमा परमेश्‍वरले तिनलाई आश्‍चर्यपूर्ण रूपमा स्वर्ग उठाइलानुभयो ।
* सयौँ वर्षपछि मोशासँगै एलिया येशूकहाँ देखा परे र उनीहरूले येशूको कष्ट र यरूशलेममा उहाँको मृत्युबारे सँगै कुराकानी गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [आश्‍चर्यकर्म](../kt/miracle.md), [अगमवक्ता](../kt/prophet.md), [परमप्रभु](../kt/yahweh.md))
## बाइबलका सन्दर्भहरूः
* [१ राजा १७ः१](rc://*/tn/help/1ki/17/01)
* [२ राजा १ः३-४](rc://*/tn/help/2ki/01/03)
* [याकूब ५ः१६-१८](rc://*/tn/help/jas/05/16)
* [यूहन्‍ना १ः१९-२१](rc://*/tn/help/jhn/01/19)
* [यूहन्‍ना १ः२४-२५](rc://*/tn/help/jhn/01/24)
* [मर्कूस ९ः५](rc://*/tn/help/mrk/09/05)-१८
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[१९ः२](rc://*/tn/help/obs/19/02)__ आहाब इस्राएलको राज्‍यमा राजा हुदाँ __एलिया__ अगमवक्‍ता थिए ।
* __[१९ः२](rc://*/tn/help/obs/19/02)__ __एलिया__ले आहाबलाई भने, "मैले नभनेसम्‍म इस्राएलको राज्‍यमा पानी वा शीत पर्नेछैन ।"
* __[१९ः३](rc://*/tn/help/obs/19/03)__ परमेश्‍वरले __एलिया__लाई आहाबबाट बच्‍नको लागि उजाडस्‍थानको खोलामा जान भन्‍नुभयो, जसले तिनलाई मार्न चाहन्थे । हरेक बिहान र हरेक साझँ पक्षीहरूले उनलाई रोटी र मासु ल्‍याउँथे ।
* __[१९ः४](rc://*/tn/help/obs/19/04)__ तर तिनीहरूले __एलिया__को हेरचाह गरे, र परमेश्‍वरले तिनीहरूलाई जुटाउनुभयो ताकि तिनीहरूको पीठोको भाँडो र तिनीहरूको तेलको भाँडो कहिल्‍यै खाली नहोस् ।
* __[१९ः५](rc://*/tn/help/obs/19/05)__ साढे तीन वर्षपछि, परमेश्‍वरले __एलिया__लाई इस्राएलको राज्‍यमा फर्कन र आहाबसगँ कुरा गर्न भन्‍नुभयो किनभने उहाँले फेरि पानी पठाउन लाग्‍नु भएको थियो ।
* __[१९ः७](rc://*/tn/help/obs/19/07)__ तब __एलिया__ले बालका अगमवक्‍ताहरूलाई भने, "एउटा साढेँ मारेर बलिदानको रूपमा तयार गर, तर आगो नबाल ।"
* __[१९ः१२](rc://*/tn/help/obs/19/12)__ तब __ऐलिया__ले भने, "बालका अगमवक्‍ताहरूमध्‍ये कोही पनि भाग्‍न नपाओस् ।"
* __[३६ः३](rc://*/tn/help/obs/36/03)__ तब मोशा र अगमवक्‍ता एलिया देखा परे । यी मानिसहरू सयौँ वर्षअघि बाँचेका थिए । तिनीहरूले येशूसगँ उहाँको मृत्‍युको बारेमा कुरा गरे जुन यरूशलेममा चाडैँ हुनेवाला थियो ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0452, G22430