ne_tw/bible/names/david.md

41 lines
5.7 KiB
Markdown

# दाऊद
## परिभाषा:
दाऊद इस्राएलका दोस्रो राजा थिए र उनले परमेश्‍वरलाई प्रेम गर्थे र उहाँकै सेवा गर्थे । उनी भजनसँग्रहका एक प्रमुख लेखक थिए ।
* जब दाऊद एक जबान केटाको रूपमा परिवारका भेडाहरूको हेरचाह गर्दै थिए, परमेश्‍वरले उनलाई इस्राएलको भावी राजाको रूपमा छान्‍नुभयो ।
* दाऊद महान योद्धा बने र इस्राएलका सेनाहरूलाई उनीहरूका शत्रुहरूको विरुद्ध लड्न नेतृत्व गरे । उनले पलिश्ती गोल्‍यतलाई हराएको कुरा प्रख्यात छ ।
* शाऊलले दाऊदलाई मार्ने प्रयास गरे, तर परमेश्‍वरले उनको सुरक्षा गर्नुभयो, र शाऊलको मृत्यु पछाडि उनलाई राजा बनाउनुभयो ।
* दाऊदले परमेश्‍वरको विरुद्ध पाप गरे, तर उनले पश्‍चाताप गरे अनि परमेश्‍वरले उनलाई क्षमा दिनुभयो ।
* येशू मसीहलाई “दाऊदका पुत्र” भनिन्छ किनकि उहाँ दाऊदको घरानामा जन्मनुभयो ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः गोल्‍यत, पलिश्‍तीहरू, शाऊल (पु.क))
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल १७ः१२-१३
* १ शामूएल २०ः३४
* २ शामूएल ५ः२
* २ तिमिथी २ः८
* प्रेरित २ः२५
* प्रेरित १३ः२२
* लूका १ः३२
* मर्कुस २ः२६
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १७ः२ परमेश्‍वरले दाऊद नाउँ गेको जवान इस्राएलीलाई शाऊलको पछि राजा हुन चुन्‍नुभयो। दाऊद बेथलेहेम सहरका गोठाला थिए। … दाऊद एक नम्र र धर्मी मानिस थिए जसले परमेश‍वरमा भरोसा गर्थे र उहाँको आज्ञापालन गर्थे।
* १७ः३ दाऊद पनि एक महान सिपाही र अगुवा थिए। जब दाऊद अझै जवान भए, तिनले गोल्‍यात नामक दानवसगँ लडाई गरे।
* १७ः४ दाऊदप्रति मानिसहरूको प्रेम देखेर शाऊल ईर्ष्‍यालु भए। शाऊलले उनलाई मार्न धेरै पटक प्रयास गरे, त्‍यसैले दाऊद शाऊलबाट लुके।
* १७ः५ परमेश‍वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो। दाऊदले धेरै लडाइहरू लडे र परमेश्‍वरले उनलाई इस्राएलका शत्रुहरूलाई पराजित गर्न मदत गर्नुभयो।
* १७ः६ दाऊद एउटा मन्‍दिर बनाउन चाहन्‍थे जहाँ सबै इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्न र उहाँलाई बलिदान चढाउन सकून्।
* १७ः९ दाऊदले धेरै वर्षसम्‍म न्‍याय र विश्‍वासका साथ शासन गरे, र परमेश्‍वरले उनलाई आशिष् दिनुभयो। यधपी, आफ्‍नो जीवनको अन्‍त्‍यतिर उनले परमेश्‍वरको विरुद्धमा भयानक पाप गरे।
* १७ः१३ दाऊदले गरेको कामको लागि परमेश्‍वर धेरै क्रोधित हुनुभयो, त्‍यसैले उहाँले नातान अगमवक्‍तालाई दाऊदकहाँ उनको पाप कति खराब थियो भनेर बताउन पठाउनुभयो। दाऊदले आफ्‍नो पापको पश्‍चाताप गरे र परमेश्‍वरले उनलाई क्षमा गर्नुभयो। आफ्‍नो बाँकी जीवनको लागि, दाऊदले कठिन समयमा पनि परमेश्‍वरलाई पछ्‍याए र उहाँको आज्ञापालन गरे।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स:H1732, G11380